ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाह्रसिंगे ब्राण्डको बियरलाई कारबाही, ३ वटा गोदाममा सिल, ६० लाखको बियर जफत


एबीसी न्यूज
फाल्गुन ९, २०७९ मंगलबार  १२ : ४९ बजे

काठमाडौं, ९ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले याक ब्रुअरी कम्पनीद्वारा उत्पादित बाह्रसिंगे ब्राण्डको बियरलाई कारबाही गरेको छ । विभागबाट खटिएका कर्मचारीले फागुन २ गते काठमाडौंको धुम्बाराहीस्थित तीन वटा गोदाममा छापापारेर सिल गरेको हो ।

विभागका निर्देशक तथा प्रवक्ता होमनाथ भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार उपभोग्य अवधी सकिएका करीव २१ सय कार्टुन बाह्रसिंगे ब्राण्डका बियर नियन्त्रणमा लिइएको छ । सो बियर कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । ‘याक ब्रुअरी कम्पनीद्वारा उत्पादित उक्त बियर काठमाडौं महानगरपालिका ४ धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाईमेक्स ट्रेडिङ् प्रा.लि.को ३ वटा गोदाममा भण्डार गरिरहेको अवस्थामा निरीक्षण टोलीले फेलापारि आवश्यक कारबाहीका लागि सिलवन्दी गरिएको हो’, विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता भट्टराईले भनेका छन्, ‘दुई आकार (६५० मि.लि. र ३३० मि.लि.)को बोतलमा रहेका उल्लेखित परिमाणको बियरको बजार मूल्य करीव ६० लाखभन्दा बढि पर्ने देखिएको छ ।’ विभागले भनेको छ, ‘विशेषगरि भोजभतेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा यस किसिमका उपभोग्य अवधी सकिएका गुणस्तरहीन बियर लगायत अन्य हल्का पेयपदार्थको कारोबार हुन सक्ने सूचनाका आधारमा त्यस किसिमका कारोबारस्थल र आपूर्तिकर्ता, डिलरहरूको बिक्री तथा गोदामकक्षको निरीक्षण कार्यलाई यस विभागले विशेष महत्वका साथ अगाडि बढाइरहेको छ ।’‘आम उपभोक्ताहरूले समेत त्यस किसिमका कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्री वितरण तथा उपभोगतर्फ विशेष चनाखो रहनुहुन र कहिँ कतै त्यसरी बिक्री वितरण गरिएको थाहा हुन आएमा यस विभागको टोल फ्रि नं. ११३७ वा अनलाईन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नुहुन विभागले हार्दिक अनुरोध गर्दछ’, प्रवक्ता भट्टराईले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com