ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछापोखरी घटना : डिएसपी विष्ट र बमलाई कारबाहीको सिफारिस


एबीसी न्यूज
फाल्गुन ८, २०७९ सोमबार  ५ : २० बजे

काठमाडौं, ८ फागुन ।  फागुन १ मा भएको प्रदर्शनमा माछापोखरीमा जम्मा भएका प्रदर्शनकारीले प्रहरीको दुईवटा गाडी जलाएका थिए । माछापोखरी क्षेत्रमा खटिएका दुई जना डिएसपीको कमजोरीका कारण प्रहरीको गाडी जलेको छानबिन समितिको निष्कर्ष छ । समितिले प्रहरी वृत्त बालाजुमा कार्यरत डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको छ । प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा।२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए ।

उपत्यका प्रहरी कार्यालयले घटनापछि डिएसपी विष्टलाई बालाजुबाट हटाएर रानीपोखरीमा हाजिर गराएको थियो । घटना भएको दिन सोह्रखुट्टेका डिएसपी बम थप मद्दतको रूपमा बालाजुमा खटिएका थिए । ‘प्रहरी नियमावली अनुसार दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ’ छानबिन समितिका एकजना सदस्यले रातोपाटीसँग भने–‘घटनास्थलमा खटिएका दुई डिएसपी गैरजिम्मेवार देखिएका छन् ।’

डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको छानबिन समितिको ठहर छ । प्रदर्शन उग्र बनेपछि डिएसपी बम पनि घटनास्थलबाट हिँडेको छानबिन समितिको निष्कर्ष छ ।

प्रदर्शनको समयमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपरमार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो । छानबिन समितिको सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com