ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्सवको आकर्षण मकै र कोदोको रोटी


एबीसी न्यूज

काठमाडौं,८ फागुन । महेन्द्रनगरस्थित खुलामञ्चमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा यहाँको मौलिक खाना मकै र कोदाको रोटी आकर्षणका रूपमा रहेको छ ।

बझाङबाट महेन्द्रनगर आएका सरस्वती कृषक महिला समूहले सुदूरपश्चिमको परम्परागत मौलिक खानाका परिकार राखेको छ । मौलिक खानामा पौष्टिक तत्वसमेत पाइने भएकाले महोत्सवमा मकै र कोदाको रोटीको माग बढी रहेको समूहका अध्यक्ष मायादेवी जप्रेलले बताउनुभयो । “बझाङको दुर्गाथलीमा हामी २५ जना महिलाको समूहले तरकारी खेती गछौँ”, उहाँले भन्नुभयो, “यसपटक हाम्रो मौलिक खानाको प्रचारप्रसार गर्न बझाङबाट महेन्द्रनगर आएका हौँ ।”

उहाँले महोत्सवमा बझाङी खानाका परिकार राखिएको बताउनुभयो । “कोदो र मकैको रोटीसँग मही र बझाङको डल्ले मूलाको तरकारी दिने गरेका छौँ”, अध्यक्ष जप्रेलले भन्नुभयो, “यी खानामा पौष्टिक तत्व पाइन्छ रोग लाग्दैन ।” उहाँले बझाङको डल्ले मूलाले रतन्धो रोग लाग्नबाट बचाउने बताउनुभयो ।

“मकै र कोदाको राटीले रगत बढाउने काम गर्छ”, उहाँले भन्नुभयो, “यी खाना सुगरका बिरामीले पनि खान मिल्छ ।” समूहका सदस्य झुम्कु जप्रेलले बझाङमा समूहमा मिलेर तरकारी खेती गरिरहेको बताउनुभयो । “हामी आफ्नै बारीमा विषादीरहित तरकारी फलाउछौँ, मौलिक खानाका परिकार प्रवद्र्धनमा पनि समूह लागेको छ”, उहाँले भन्नुभयो, “तरकारी खेतीबाट एक परिवारले वार्षिक रु दुई/तीन लाखसम्म आम्दानी गर्ने गरेको छ ।”

वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले मेलाको उद्देश्य नै स्थानीय उत्पादन र मौलिक वस्तुको प्रवद्र्धन गर्नुभएकाले मेलाबाट स्थानीय वस्तुको प्रवद्र्धनमा टेवा पुगेको बताउनुभयो । “महोत्सवमा हामीले स्थानीय खानाका परिकार, उत्पादनलगायतका वस्तुलाई नि:शुल्क व्यापारिक कक्ष उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण थलिएको व्यवसाय मेलाले चलायमान भएको छ ।” मेलामा लघु उद्यम, अटो प्रदर्शनी, कृषि गारमेन्ट, बाल उद्यानसहित सुदूरपश्चिमको संस्कृति झल्किने साङ्गीतिक कार्यक्रम प्रस्तुत भइरहेको सङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com