ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्सवको आकर्षण मकै र कोदोको रोटी


एबीसी न्यूज
फाल्गुन ८, २०७९ सोमबार  २ : १८ बजे

काठमाडौं,८ फागुन । महेन्द्रनगरस्थित खुलामञ्चमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा यहाँको मौलिक खाना मकै र कोदाको रोटी आकर्षणका रूपमा रहेको छ ।

बझाङबाट महेन्द्रनगर आएका सरस्वती कृषक महिला समूहले सुदूरपश्चिमको परम्परागत मौलिक खानाका परिकार राखेको छ । मौलिक खानामा पौष्टिक तत्वसमेत पाइने भएकाले महोत्सवमा मकै र कोदाको रोटीको माग बढी रहेको समूहका अध्यक्ष मायादेवी जप्रेलले बताउनुभयो । “बझाङको दुर्गाथलीमा हामी २५ जना महिलाको समूहले तरकारी खेती गछौँ”, उहाँले भन्नुभयो, “यसपटक हाम्रो मौलिक खानाको प्रचारप्रसार गर्न बझाङबाट महेन्द्रनगर आएका हौँ ।”

उहाँले महोत्सवमा बझाङी खानाका परिकार राखिएको बताउनुभयो । “कोदो र मकैको रोटीसँग मही र बझाङको डल्ले मूलाको तरकारी दिने गरेका छौँ”, अध्यक्ष जप्रेलले भन्नुभयो, “यी खानामा पौष्टिक तत्व पाइन्छ रोग लाग्दैन ।” उहाँले बझाङको डल्ले मूलाले रतन्धो रोग लाग्नबाट बचाउने बताउनुभयो ।

“मकै र कोदाको राटीले रगत बढाउने काम गर्छ”, उहाँले भन्नुभयो, “यी खाना सुगरका बिरामीले पनि खान मिल्छ ।” समूहका सदस्य झुम्कु जप्रेलले बझाङमा समूहमा मिलेर तरकारी खेती गरिरहेको बताउनुभयो । “हामी आफ्नै बारीमा विषादीरहित तरकारी फलाउछौँ, मौलिक खानाका परिकार प्रवद्र्धनमा पनि समूह लागेको छ”, उहाँले भन्नुभयो, “तरकारी खेतीबाट एक परिवारले वार्षिक रु दुई/तीन लाखसम्म आम्दानी गर्ने गरेको छ ।”

वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले मेलाको उद्देश्य नै स्थानीय उत्पादन र मौलिक वस्तुको प्रवद्र्धन गर्नुभएकाले मेलाबाट स्थानीय वस्तुको प्रवद्र्धनमा टेवा पुगेको बताउनुभयो । “महोत्सवमा हामीले स्थानीय खानाका परिकार, उत्पादनलगायतका वस्तुलाई नि:शुल्क व्यापारिक कक्ष उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण थलिएको व्यवसाय मेलाले चलायमान भएको छ ।” मेलामा लघु उद्यम, अटो प्रदर्शनी, कृषि गारमेन्ट, बाल उद्यानसहित सुदूरपश्चिमको संस्कृति झल्किने साङ्गीतिक कार्यक्रम प्रस्तुत भइरहेको सङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com