ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम


एबीसी न्यूज

काठमाडौं,८ फागुन । नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ । कार्यक्रअन्तर्गत उक्त अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच नि:शुल्क गरिने जनाइएको छ ।

अस्पतालमा चिकित्सकद्वारा नसर्ने रोगसम्बन्धी इतिहास र शारीरिक जाँच, दम–खोकीको क्याट टेस्ट, तौल, उचाइ र पेटको मोटाइ, श्वासप्रश्वास, रक्तचाप नाप, मधुमेह तथा महिलाका लागि ‘भीआइए’को नि:शुल्क परीक्षण गरिनेछ ।

कार्यक्रममा रु दुई हजार दुई सयमा नि:शुल्क बाहेकका पिसाब, दिसा, रगत, मिर्गौला, कलेजो, लिपिड प्रोफाइल, फोक्सो, छातीको एक्स–रे, इसिजी र युयस्जी परीक्षण हुने जनाइएको छ ।

कार्यक्रम बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले आइतबार एक कार्यक्रमका बीच सुरु भएको घोषणा गर्नुभएको छ । उहाँले नसर्ने रोगको महामारी फैलन थालेकाले यसको नियन्त्रण र सचेतनाका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

उहाँले स्वास्थ्योपचारमा सहभागी हुन नसक्ने नागरिकका लागि प्रदेश सरकारद्वारा नि:शुल्क बीमाको व्यवस्था गरिएको बताउँदै स्थानीय तहको सिफारिसका आधारमा लोपोन्मुख समुदाय, अति सिमान्तकृन्त र आश्रित नागरिकलाई प्रदेश सरकारले नि:शुल्क स्वास्थ्य सेवा वीमामार्फत उपलब्ध गराउने भएको हो ।

कार्यक्रमअन्तर्गत हरेक साताको एकपटक परीक्षण हुने जनाइएको छ । यसलाई विस्तारै वृद्धि गर्दै लैजाने सरकारको योजना छ । अस्पतालमा भौतिक पूर्वाधार तथा जनशक्तिअनुसारको उपकरण नहुँदा समस्या भएकाबारे मन्त्री श्रेष्ठले अस्पतालमा सेवा नरोकिने गरी जनशक्ति व्यवस्थापन गर्ने बताउँदै “आवश्यकताका आधारमा जनशक्ति तथा जनशक्तिअनुसारको उपकरण खरिद गरिनेछ”, उहाँले भन्नुभयो । उक्त अस्पताल प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भइरहेको छ ।

प्रदेशभरका अस्पतालका लागि सरकारले चालु आर्थिक वर्षभित्र स्वास्थ्य नीति तयार गर्ने तथा जनशक्तिको ‘ओएनएम सर्भे’ तयारी गर्ने र प्रदेशभित्रका सबै अस्पतालमा पूर्वाधारअनुसारको जनशक्ति तथा उपकरण व्यवस्था गर्ने योजना बनाएको छ । यस्तै सरकारले बिरामी र अशक्त भएका ज्येष्ठ नागरिकको उपचार सेवाका लागि घरघरमा स्वास्थ्यकर्मी पठाएर उपचार गराउने गरी स्थानीय स्वास्थ्य संस्थामार्फत जनशक्ति व्यवस्थापन गर्नेसमेत योजना बनाएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पुरुषोत्तम सेढाईंले अस्पतालमा सेवा विस्तार गरिएका कारण नागरिक लाभान्वित भएको बताउनुभयो । सरकारले उक्त अस्पतालको भवन निर्माणका लागि रु तीन करोड विनियोजन गरेको छ । हाल अस्पतालमा आकस्मिक, शल्यक्रियालगायतका सेवा २४सै घण्टा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com