काठमाडौं, १ फागुन । सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले अहिले केहिबेरपछी गेटाको उद्घाटन गर्दैछन्। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजको उद्घाटन गर्न लागेका हुन्। यसअघि आइतबार सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग प्रधानमन्त्री प्रचण्डले यसबारे छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस्