ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुग्लिङ-पोखरा र नारायणघाट-बुटवल सडकको प्रत्यक्ष अबलोकनमा उपप्रधानमन्त्री श्रेष्ठ


abc tv

चितवन। मन्त्रालयका सचिव र सडक बिभागका महानिर्देशकसहितको टोली लिएर सडकका विभिन्न आयोजना र बिकासको स्थलगत निरिक्षण गर्न उपत्यका बाहिर निस्किनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधि, निर्माणसँग सम्बन्धित निकाय र सरोकारवालाबीच भरतपुर महानगरपालिका कार्यालयमा आज गम्भीर छलफल भएको छ।
त्यसक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माडी नगरपालिकाकी मेयर तराकुमारी महतो र अन्य सरोकारवालाको भनाइ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक हस्तक्षेप गरेर गुणात्मक आर्थिक, सामाजिक रुपान्तरण र समृद्धि निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
भरतपुर मेयर दाहालले बसपार्क चोकदेखि देवघाटचोकसम्मको बाइपास निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको, मेघौलीसम्मको बाँकी सडक सम्पन्न गर्न बजेट बिस्तार गर्नुपर्ने, महानगरबाट पश्चिम गोलाघाटमा पुल आवश्यक भएको र माडीठोरी सडकलाई गति दिनुपर्ने बताउनुभयो भने माडी मेयर महतोले राष्ट्रिय निकुञ्जबाट निस्कने जनावरका कारण सास्ती भोग्नुपरेको बताउनुभयो। चितवन राष्ट्रिय निकुञ्जका निमित्त वाडेन रमेश तिवारीले भने विद्यमान कानुनमा टेकेर निकुन्जले सडक र पुल निर्माणमा सहयोग गर्ने बताउनुभयो।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अहिले मन्त्रालयले सुझाव संकलन गरिरहेको र सुझावलाई संस्लेषण गरेर कार्वान्यनमा लैजाने बताउनुभयो । ‘सरकारको एक तिहाइ बजेट यहि मन्त्रालयमा छ। हामीले सुशासन, यातायात क्षेत्रको सुधार र भौतिक पुर्वाधारमा भ्रष्टाचार र अनिमियताको अन्त्य गरेर देशलाई बिकासको गति दिनु छ।’ उहाँले भन्नुभयो।
भौगौलिक महत्त्व र जनसंख्या सबै हिसाबले भरतपुर राष्ट्रिय महत्वको महानगर भएको र यहाँको नेतृत्वका रूपमा रेणु दाहालले बिकासमा नयाँपन दिइरहनुभएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो। ‘यस प्रयासलाई केन्द्र सरकारले महत्त्वका साथ सहयोग गर्ने छ। निर्माणका क्रममा रहेका तर अपेक्षित गति नपाएर जनताको सास्तिकै रुपमा रहेका आयोजनाले अब गति लिनेछन्।’ उहाँले भन्नुभयो- ‘माडीको समस्यालाई मैले नजिकबाट अनुभूति गरेको छु। हामी माडीको बिकासलाई समेत प्राथमिकताका साथ अघि बढाउँछौ।’
लगत्तै उपप्रधानमन्त्री श्रेष्ठले असाध्यै ढिलासुस्ती गरिएको गुनासो आएको बसपार्क-देवघाट बाइपास चार कीमी सडकको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उपस्थित निर्माण व्यबसायीले असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका छन्। त्यसक्रममा चितवनकै छ लेनको सडक पनि अनुगमन गर्नु भएको छ। महानगर मेयरसहित सडक अनुगममा निस्किनु भएका उपप्रधानमन्त्रीसमक्ष छ लेन सडकका निर्माण व्यबसायीले समेत असारसम्ममा योजना सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका छ्न ।
उहाँ आजै श्री हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागि हुनुभएको छ।राज्यद्वारा बेपत्ता पारिएका योद्धा दण्डपाणी न्यौपानेको नाममा स्थापित सो विद्यालयको ४३ औ वार्षिकोत्सब समारोहमा बोल्दै उहाँले बेपत्ता योद्धाको नाममा विद्यालय नामाकरण गर्न सहयोग गरेकोमा अघिल्ला सरकारलाई धन्यवाद दिनुभयो। यो विद्यालयलाई सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो। त्यसक्रममा उहाँले आफुले रक्सी, मासु, खैनी-चुरोट, पान-सुपारी, चिया-कफी केही नखाने र खुस, चाकडी र उपहार समेत कहिल्यै ग्रहण नगर्ने बिद्यार्थी र अभिभावकबीच प्रण गर्नुभयो।
त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले नारायणगढ-बुटवल सडक खण्डका परामर्शदाता र कन्ट्याक्टरलाई भेटी कामलाई गुणस्तरसहित तदारुकताका साथ सम्पन्न गर्न निर्देशन दिने कार्यक्रम समेत छ। यसअघि हिजो साँझ उहाँले गोरखाको आँबुखैरेनी पुगेर मुग्लिङ-पोखरा सडक खण्डको निर्माण प्रगतिबारे आयोजना निर्देशक,कन्ट्याक्टर र परामर्शदातासङ्ग छलफल गर्नुभएको थियो। र, कामलाई द्रुत र गुणस्तरीय ढङ्गले अघि बढाउन निर्देशन दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । सत्तारूढ गठबन्धनमा अविश्वासको वातावरण बढ्दै

पत्रकार सम्मेलन गर्दै विप्लव

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज पत्रकार सम्मेलन गर्दै छन् । महासचिव विप्लवले आज दिउँसो पत्रकार सम्मेलन गर्न

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको

सम्बन्धित

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

गोर्खा भर्तीसम्बन्धी रिट खारेज

स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

ओली र विप्लवबीच बालकाेटमा भेटवार्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com