ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीमा मृतकको संख्या बढ्दै (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, २८ पुस । वैदेशिक रोजगार बोर्डका अनुसार वर्षेनी लाखौं मानिस रोजगारीको शिलशिलामा विदेशिने गरेको तथ्यांक छन् । यसरी विदेशिनेमध्ये हजारौंको संख्याका कामदार बीचमै अलपत्र पर्ने त कोही कुटपिट र यातना सहेर काम गर्नुपरेको अवस्था छ । यही पुस महिनाको पछिल्लो समय मात्रै वैदेशिक रोजगारका लागि गएका १९ जना मलेसियामा अलपत्र परे । यसरी अलपत्र पर्नेहरुलाई मलेसियाको केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धन बनाइएको कुरा बाहिर आयो । वैदेशिक रोजगार विभाग लगायत सम्बद्ध संघ, संस्थाले वैदेशिक रोजगारीमा ठगी गर्ने संस्था तथा व्यक्तिको अनुगमन गरी कारबाहीका लागि आवश्यक पहल निरन्तर गर्दै आएको बताएपनि यस क्षेत्रसँग सम्बन्धित समस्या कम हुन सकेको छैन ।

नेपालबाट विभिन्न रोजगारीको शिलशिलामा दैनिक बाहिरिनेको संख्या दुई हजारभन्दा बढी छ । वैदेशिक रोजगार बोर्डका अनुसार वर्षेनी लाखौं मानिस रोजगारका लागि विदेशिने गरेका छन् । गएको १२ वर्षमा फर्केर हेर्दा आर्थिक वर्ष २०६५÷६६ मा विदेशनिको संख्या २१ लाख ९ हजारभन्दा बढी थियो । यो संख्या आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा ३६ लाख ८ हजारभन्दा बढी पुग्यो । वर्षेनी विदेशिने संख्याको दर तीन, चारलाखदेखि आठको हाराहारीमा वृद्धि भइरहेको तथ्यांक छ । तर, यसरी रोजगारीमा गएकाहरु कोही बीच बाटोमै अलपत्र पर्ने त कतिपय शारीरिक तथा मानसिक यातना खपेर काम गर्न बाध्य भएको अवस्था छ । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा गएका झण्डै १५ सयले ज्यान गुमाएका थिए । यसको अघिल्लो वर्षमा यसरी मृत्यु हुनेको संख्या १२ सय को हाराहारीमा थियो । २०७६/७७ यता वैदेशिक रोजगारीमा गएकामध्ये छ देखि आठ सयको मृत्यु हुने गरेकोमा यो संख्या बढ्दै गएको हो । औसतमा मृत्यु दैनिक दुई जनाको मृत्यु भएपनि पछिल्लो दुई वर्षमा यो संख्या बढेर चार पुगेको छ । गएको साउनसम्म विदेशी अस्पतालमा तीन महिलासहित २५ भन्दा बढी कोमामा पुगेका छन् भने दुईको अवस्था अर्धचेत र चार जना सुधारउन्मुख अवस्थामा रहेका थिए । कुवेतमा चार जना, युएई, ओमन, साउदी अरबको जेद्दा र जापानमा एक–एक जना नेपाली कोमामा पुगेका थिए । वैदेशिक रोजगारीमा गएकाहरुमा देखिने यसखाले समस्या न्यूनीकरणका लागि वैदेशिक रोजगार विभागले पहल गर्दै आएपनि यसको प्रभावकारीता देखिएको छैन ।

यही पुस महिनाको दोस्रो साता कम्बोडियाको १७ तले एक क्यासिनो भवनमा आगलागी हुदा झापाका निराकार पाण्डेले ज्यान गुमाएको दर्दनाक घटनाले सिंगो नेपालीलाई पिडित तुल्यायो । त्यसबेला १२ औं तलामा रहेका पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना आफन्तलाई सन्देश छाड्दै गरेको दृश्यले पनि वैदेशिक रोजगारसँग सम्बन्धित विलौना कस्ता–कस्ता र कतिसम्मका छन् भन्ने कुरा पक्कै खुलाउन मद्दत गर्छ । वर्तमान सरकारको मन्त्रिपरिषद्ले मृतक पाण्डेको परिवारलाई क्षतिपूर्ती दिने निर्णय गरेको छ । केही दिनअघि मात्रै मलेसिया पुगेका १९ जना नेपाली अलपत्र परेको कुरा बाहिर आयो । उनीहरुलाई मलेसिको केलाङ भन्ने सहरस्थित एक भवनको तेस्रो तलमा बन्धक बनाइएको छ । सानेपास्थित खोजी रिक्वायरमेन्ट मेनपावर कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेनमा सप्लायर्समा उनीहरु कामका लागि पुगेका थिए । २५–२५ किलोको दुई वटा बोरा एकैपटक दुई हातले नउचालेको भन्दै कम्पनीको बोसले रौतहट घर भएका हिरालाल राउतलाई कुटपिट गरेपछि अन्य कामदारले समेत विरोध जनाएपछि ती कामदार निकालिएका हुन् । अहिले अन्धाकार कोठामा दिन बिताउदै आएका उनीहरुले सामाजिक सञ्जालमार्फत हारगुहार गरेका छन् । वैदेशिक रोजगार विभागले यसरी वैदेशिक रोजगारको शिलशिलामा हुन आउने गुनासोका लागि विभिन्न उजुरीको व्यवस्था गरेको छ तर, यसको समाधानका लागि जति तदारुकता देखाउनपर्ने हो, त्यो भने हुन सकेको छैन ।

त्यसो त, वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पासपोर्ट र लाखौं रुपैयाँ असुल गर्ने काठमाडौंको बाँसबारीस्थित सी स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर नामको संस्थामा विभागले केही अघि छापा मा¥यो । विभागमा दर्ता समेत रहेको सो संस्थाले उक्त संस्थाले मलेसिया, मकाउ, लिथोनिया लगायतका देशमा पठाउने भन्दै एकदेखि पाँच लाखसम्म असुल्ने गरेको विभागले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार नेपाली कामदारमध्ये ५४५ खाडाी तथा मलेसियाका जेलमा छन् । जसमध्ये १९ जना महिला कामदार छन् । जेलमा रहेकामध्ये २५ जनाले मृत्युदण्ड, सात जनाले आजीवन कारावास, दुई जनाले २५ वर्ष, दुई जनाले १५ वर्षको सजाय पाएका छन् । सामाजिक संगठन नेपाली एकता मञ्च अनुसार भारतका विभिन्न प्रदेशमा करिब १५ हजार नेपाली जेलमा रहेको बताइएको छ । देशमा सीप, क्षमता र दक्षता बमोजिमको रोजगारीको अभावमा यस्ता विभिन्न समस्या झेलेर नेपाली कामदार विदेशिन बाध्य छन् । तर, विदेशिएका सबै नेपालीको पनि रोजगारको सुनिश्चितता हुन सकेको छैन, रोजगार गरिरहेकाहरु पनि अनेकौं यातना सहन विवश छन् । यस क्षेत्रसँग देखा परेका यस्ता उल्झन हटाउन जिम्मेवार निकाय थप चनाखो हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com