काठमाडौँ, ११ माघ । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि हिजो मनोनयन भएको उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुनेछन् । हिजो ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार, अन्तिम नामावली प्रकाशनसँँगै निर्विरोध निर्वाचित हुनेहरुको घोषणा हुनेछन् । १७ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
मनोनयन दर्ता गर्नेहरुमा महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक÷अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवार छन् ।
उक्त निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा नौ, प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११ प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उच्च अदालत भएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ भने तिनै जिल्लामा निर्वाचन केन्द्र तोकिएको छ ।
राष्ट्रियसभा सदस्यको ५६ पदका लागि हुने उक्त निर्वाचनका लागि दुई हजार ५६ जना मतदाता कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्