ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीबीएल ड्राफ्टमा सुबास खकुरेलको देश क्यानडा


एबीसी / संवाददाता

काठमाडौं, ६ भदौ । अष्ट्रेलियामा हुने फ्रेन्चाइज लिग क्रिकेट बिग बास लिग ९बीबीएल० का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुबास खकुरेल पनि छन् तर उनको देश भने क्यानडा राखिएको छ । खकुरेलसँगै क्यानडाबाट दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ ।

नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका र नेपालमै रहेका सुबास खकुरेल क्यानडेली नागरिक बनेका भने होइनन् ।
उनले नेपालको तर्फबाटै नाम दर्ता गराएका थिए । तर गल्तीका कारण देशमा क्यानडा उल्लेख हुनु पुगेको खकुरेलले बताए ।

क्यानको अर्थ क्यानडाको क्यान बुझ्दा यस्तो भएको खकुरेलले बताए । ‘नेपाल क्रिकेट संघको छोटकरी नाम क्यान हुन्छ । क्यानडाको नि छोटकरी रुपमा लेख्दा क्यान हुन्छ । नेपालको क्यानलाई क्यानडाको क्यान बुझेकोले त्यसो भएको हो,’ सुबासले भने, ‘म क्यानडा गएको होइन है ।’

बीबीएलको १२औं संस्करण डिसेम्बर १३ मा सुरु हुँदैछ । पहिलो पटक विदेशी खेलाडीको ड्राफ्टमार्फत अनुबन्ध गर्न लागिएको हो । ड्राफ्ट यही अगष्ट २८ मा हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेको नाम पनि ड्राफ्टमा समावेश छ । यसअघि होबार्ट हुरिकेनबाट खेलेका सन्दीपलाई होबार्टले ड्राफ्ट अघि रिटेन पनि गर्न मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com