ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान र क्रिक एचक्युबीच तीन वर्षको लागि सम्झौता


एबीसी / संवाददाता

४ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटमा विश्वकै ठूलो डिजिटल प्लेटफर्म कम्पनी क्रिक एचक्युसँग सम्झौता गरेको छ ।

क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै न्युजिल्याण्डको कम्पनी क्रिक एचक्युसँग तीन वर्षको सम्झौता गरिएको जनाएको छ ।

 

क्यानले विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म क्रिक एचक्युसँगको साझेदारीले सबै तहका क्रिकेटका डिजिटलाइजेसन, लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकास ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिक एचक्युसँगको साझेदारीले उत्साहित रहेको र यस सहकार्यले क्यानका लागि पूर्ण डाटाबेस विकास गर्नमा धेरै मद्दत पुग्ने बताए । उनले भनेका छन्, ‘क्यानले क्रिक एचक्युसँग साझेदारी गरेकोमा हामी हर्षित छौं। म विश्वस्त छु कि हाम्रो साझेदारीले क्यान को लागि एक पूर्ण डाटाबेस विकास गर्नमा धेरै अगाडि जानेछ जसले हाम्रा प्रशिक्षक, सहयोगी कर्मचारी र खेलाडीहरू अझ राम्रो प्रदर्शन गर्न मद्दत मिल्नेछ ।

 

क्रिक एचक्युका सीईओ इरिन वाल्सेले क्यानसँगको साझेदारीबाट धेरै उत्साहित भएको बताउँदै नेपाली क्रिकेटको डिजिटलाइज गर्न मद्दत गर्न तत्पर रहेको बताए । ‘नेपाल क्रिकेट संघसँगको हाम्रो साझेदारीबाट म धेरै हर्षित र साँच्चै उत्साहित छु। हामी उनीहरूलाई खेलका सबै तहहरूमा उनीहरूको क्रिकेट समुदायलाई डिजिटलाइज गर्न मद्दत गर्न तत्पर छौं,’ वाल्सेले थपे, ‘क्रिक एचक्यु सँगसँगै माई एक्सन रिप्लेले क्यान लाई आफ्ना खेलाडीहरू, फ्यानहरू र फराकिलो क्रिकेट समुदायको पनि संलग्न हुन सक्ने डेटा सङ्कलन गर्न मद्दत गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको

विश्वासको मत लिँदै मुख्यमन्त्री रावल

काठमाडौँ,२५ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको र विश्वासको मत

राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन आज, को–को छन् प्रतिस्पर्धामा ?

काठमाडौँ, २५ माघ । रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । लुम्बिनी प्रदेशतर्फ एक राष्ट्रियसभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गर्न

सम्बन्धित

‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा थप एकजना पक्राउ

टर्की भूकम्पले भत्किएको भवनमा पुरिएका फुटबलर जीवितै फेला

चिरप्रतिद्वन्द्वी नेपाल र भारत भिड्दै

ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम विजयी

मेस्सीको निर्णायक गोलमा पिएसजीको जित

नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com