ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल जानकीनगरको कल सेन्टरमा प्रहरी छापा : १५० कर्मचारीलाई नियन्त्रणमा


एबीसी / संवाददाता

बुटवल, ८ साउन । रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा उद्देश्य विपरित काम गरेको आरोपमा प्रहरीले छापा मारेको छ ।सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेण्टरबाट भारतीय नागरिकलाई बिभिन्न प्रलोभनमा पारि ठगी गर्ने गरेको उजुरीका आधारमा प्रहरी छापा परेको प्रहरीले जनाएको छ ।तिलोत्तमा नगरपालिकाको वडा नं २ जानकीनगरमा ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा काम गर्ने १५० कर्मचारीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

चिनिया र भारतीय नागरिक समेतको लगानीमा खोलीएको उक्त ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए ।

‘कार्यालय सन्चालक भारतीय नगरीकको घर कोठा खानतलासी हुँदै छ त्यसपछि थप खुल्नेछ,’ उनले भने १५० जना बढी महिला तथा पुरुष कर्मचारीलाई रोजगारी दिएर खुलेको सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको प्रहरीले पुष्टी गरेपनि अबैध कार्यको विषयमा प्रहरीले खुलाएको छैन । ‘हामी घटनास्थल मै छौ, अनुसन्धान हुँदैछ, त्यसपछि के हो रु त्यो भनौला ।’ रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com