ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुराको बूढीगङ्गामा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै


एबीसी / संवाददाता

काठमाडौं, २५ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो प्राप्त विवरण अनुसार २ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ १ हजार ५ सय ९२ मतसहित अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका मेयर उम्मेदवार रङ्गबहादुर खातीले ९ सय ९० मतसहित बानियाँलाई पछ्याइरहनुभएको छ ।

त्यसैगरी उपमेयरका एमालेका उम्मेदवार मायाँ कुवँरले १ हजार ५ सय ५७ र कांग्रेसका रीता शाहीले १ हजार १० मत प्राप्त गर्नुभएको छ । वडा १ र १० को मतगणना सकिएको छ । अहिले वडा २ र ९ को गणना भइरहेको छ ।

वडा १ मा एमालेका रणबहादुर थापासहित प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाअध्यक्ष उम्मेदवार लोगबहादुर थापा पराजित हुनुभयो । विजयी रणबहादुर थापाले ३ सय ५३ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका लोगबहादुर थापाले ३ सय १८ मत ल्याउनुभयो ।

त्यस्तै वडा नम्बर १० मा नेकपा एमालेका दलबहादुर साउद विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढा पराजित हुनुभएको छ । विजयी साउदले ५ सय ४८ मत प्राप्त गर्नुभयो भने पराजित बुढाले ४ सय ९१ मत ल्याउनुभयो ।

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न अस्ति बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com