काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य संख्या थप हुने भएको छ। अध्यक्ष प्रचण्डले बिहीबार १ सय २५ जनाको नाम पढेर सुनाउँदा असन्तुष्टि बढेपछि उनीहरुको माग सम्बोधन गर्न संख्या थप गरिएको हो।अध्यक्ष प्रचण्डले सुनाएका १ सय २५ जनाको नाम अनुमोदन भएको छ। भने छुटेका नामहरू बैकल्पिक पोलिटब्युरो बनाउने प्रस्ताव गरेका छन्।प्रचण्डको प्रस्ताव छ–३१ जना वैकल्पिक बनाएर १५६ जनाको पोलिटब्युरो बनाउन सकिन्छ, प्रचण्डले भने, ‘ केन्द्रीय कमिटीमा बैकल्पिक राखेपछि पोलिटब्युरोमा पनि थप्न मिल्छ।’
सिनियर र सक्रिय नेतालाई फुलमा ल्याएर जुनियरलाई वैकल्पिकमा ल्याउने आश्वासन प्रचण्डले दिएका छन्। म पहिलो चोटि वैकल्पिक केन्द्रीय सदस्य भएको हुँ, अहिले साथीहरु वैकल्पिक हुदा डिमोशन भएको सोच्ने गरेका छन्, त्यस्तो अलिक होइनु, उनले भने, जटिल सङ्क्रमणकालीन अवस्थामा भएको हुनाले १५६ जनाको पोलिटब्युरो हुने भयो।
प्रचण्डले त्यस क्रममा नेताहरुलाई अझै ८र१० वटा नाम दिएमा सम्बोधन गर्ने आश्वासन पनि दिएका छन्। पहिलो चोटी केन्द्रिय कमिटीमा आएकालाई एकैपटक पोलिटब्युरो नबनाउने भन्ने भएको छु, उनले भने, ुत्यहीअनुसार हामीले विधानअनुसार गर्नेछौँ।प्रचण्डले यसअघि छुटेका मुक्ति प्रधान, सुदन किराती, महेश ढुङ्गेल र हिमाल भट्टराईको नाम पनि उच्चारण गरेका छन्।








प्रतिक्रिया दिनुहोस्