ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंसिर २ या ५ मा चुनाव गराउन प्रस्ताव गर्दै आयोग : आज आयोगले प्रधानमन्त्री देउवालाई भेट्ने


एबीसी / संवाददाता
असार २२, २०७९ बुधबार  ८ : २० बजे

काठमाडौं, २२ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर २ मा गर्न सरकारलाई प्रस्ताव गर्ने भएको छ। आयोगले संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गराउन प्रस्ताव गर्ने भएको हो। आयोगले विकल्पका रूपमा निर्वाचनका लागि मंसिर ५ पनि प्रस्ताव गर्नेछ।

आयोगले मंसिर पहिलो साताभन्दा पछि नजाने गरी निर्वाचन गराउन सरकारलाई मिति प्रस्तावको तयारी गरेकोे हो। निर्वाचन मंसिर २ या ५ मा गराउन विकल्पसहित सरकारलाई पत्राचार गर्ने आयोगको तयारी छ। आयोगले निर्वाचन मिति तोक्न पाउँदैन। त्यसैले उसले सरकारलाई उपयुक्त मिति प्रस्ताव गर्छ।

त्यसकै आधारमा सरकारले मिति घोषणा गर्ने कानुनी प्रावधान छ। आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनाव मिति प्रस्ताव गर्ने भनिएको थियो तर प्रधानमन्त्री देउवा व्यस्त भएका कारण बुधबारका लागि भेटको समय तय गरिएको आयोग स्रोतले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेट्नेछन्। आयोगका पदाधिकारीले यसअघि पनि प्रधानमन्त्री देउवासँग भेटेर छलफल गरेका थिए। त्यसबेला कात्तिक ३० वा मंसिर पहिलो साता मिति तोक्न प्रस्ताव गरिएको थियो।

मंसिर ५ भन्दा पछाडि निर्वाचन गर्न प्राविधिक रूपमा सहज नहुने भन्दै आयोगले एकैचरणमा गर्नसमेत सुझाव दिने भएको छ। गत शुक्रबार पनि प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच छलफल भएको थियो।

छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन मिति प्रस्ताव गर्न थपलियालाई आग्रह गरेका थिए। त्यसपछि आयोगले सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन मितिबारे छलफल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com