ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकमा गुड्दा गुड्दै इलेक्ट्रीक कार नेक्सनमा आगो लाग्यो


एबीसी / संवाददाता

काठमाडौँ, ९ असार ।  भारतीय कार निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको इलेक्ट्रीक कार नेक्सनमा आगलागी भएको छ । मुम्बाईमा भएको उक्त दुर्घटनामा मानविय क्षती नभएपनि इलेक्ट्रीक कारको सुरक्षाका विषयमा नयाँ बहस सुरु भएको हो । सोसल मिडियामा सार्वजनिक भएको तस्विरलाई आधार मान्ने हो भने गाडी सडकमा गुड्दा गुड्दै आगो लागेको हुन सक्ने अड्कल काटिएको छ ।

किनभने गाडी पार्किङ गरिएको छेउमा नै गाडीहरु ठूलो हर्न बजाएर यता उता गरिरहेका छन् । यसले गाडी गुड्दा गुड्दै आगो लागेको आशंका गर्न सकिन्छ ।आगलागीको घटनापछि टाटा मोटर्सले एक बक्तब्य जारी गरेको छ । कम्पनीले कारमा आगलागीको कारण पत्ता लगाउन काम अगाडि बढाइएको जाउँदै भनेको छ, ‘अहिले हामी यसको कारण खोजी रहेका छौं । विस्तृत विवरण आउने वित्तिकै त्यसलाई सार्वजनिक गर्छौ ।’भारतमा अहिले करिब ३० हजार नेक्सन ईभी गुडिरहेका छन् ।

सवारी साधनमा आगलागी हुनु सामान्य भएपनि भारतमा उत्पादन भएको इलेक्ट्रीक कारमा पहिलो घटना भएकोले सोसल मिडियामा धेरै चर्चा भइरहेको छ ।पछिल्ला दिनमा भारतभर इलेक्ट्रीक स्कुटरमा धेरै आगलागीका घटनाहरु भइरहेको भएपनि कारमा पहिलो पटक भएको हो । कमल जोशी नामको टुइटर ह्याण्डलबाट पहिलो पटक सेयर भएको भिडियोमा टाटा नेक्सन ईभीमा मुम्बईको वेस्ट वसई इलाकामा आगलागी भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जसपाका तीन मन्त्री फेरिँदै, इस्तियाक राई भौतिक पूर्वाधारमन्त्री सिफारिस : सम्भवतः आजै शपथ हुने

काठमाडौं, २० असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले अन्ततः ३ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक

मोरङको रंगेलीमा खाल्डोभित्र युवतीको शव भेटियो

विराटनगर, २० असार । पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका २ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव

माओवादी केन्द्रीय समिति बैठक आज पनि : पदाधिकारी चयन गर्ने सम्भावना कम

काठमाडौ, २० असार ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठकमा प्रदेश नेताहरूले पालिका चुनावमा कांग्रेस इमानदार नभएको

सम्बन्धित

केएमसी स्कुल प्रशासन र मृतकको परिवारबीच सहमति, ८ लाख क्षतिपूर्ति दिइने

पुतलीसडकको एक घरमा आगलागी

काठमाडौंको बिजुलीबजार पुलमा डरलाग्दो दुर्घटना

१७ डिआइजीलाई दज्र्यानी चिह्न

यी हुन् एमालेमा मनोनित १३ विभागका सचिव

भरतबन्धु कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...