ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसी क्रिकेट विश्वकप लिग टू : नेपाल ओमानसँग १३ रनले पराजित


एबीसी / संवाददाता

काठमाडौँ, २७ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ । अमेरिकाको पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल अघि नै १९८ रनमा अलआउट भयो ।

करण केसीको ५ विकेट र आसिफ शेखको अर्धशतकका बावजुत पनि नेपालले खेल जित्न सकेन । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६६ रन बनाए । यस्तै देब खनालले ३४, उपकप्तान रोहित पौडेलले २०, दीपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र यसै खेलबाट ओडीआईमा डेब्यु गरेका सुनिल धमलाले १२ रन जोडे । करण केसी ८, सुबास खकुरेल ३ र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए । ओमानका लागि कप्तान जिनस मक्सुद र खाँवर अलीले ३-३ तथा बिलाल खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले कप्तान जिसन मक्सुदको शतकमा पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।

८६ रनमा ५ विकेट गुमाएरपछि मक्सुदले एक छेउबाट इनिङ्स सम्हाल्दै अन्तिमसम्म क्रिजमा टिकेर अविजित १०४ रन बनाए । १२६ बल खेलेका उनले १२ चौका प्रहार गरे । यस्तै खाँवर अलीले ३० र आयन खानले २७ रन जोडे । नेपालका लागि बलिङमा करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।
कप्तान सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले शनिवार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com