काठमाडौं, १५ जेठ । सरकारले संघ प्रदेश र स्थानीय तहको लागत साझेदारीमा हुने कृषि कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ।आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका हुन्।बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन्। आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएका छन्।
प्रतिक्रिया दिनुहोस्