काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको हो। सरकारले नयाँ आर्थिक वर्षको बजेट आज अपरान्ह चार बजे सार्वजनिक गर्दैछ। अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको छ।करिब १७ खर्ब हाराहारिको बजेट आउने बताइएको छ। बजेटले व्यक्तिगत आयकर सीमामा संसोधन गर्ने कर्मचारीको तलब वृद्धि गर्ने र वृद्धभत्ता प्राप्त गर्ने उमेर ७० वर्षबाट घटाएर ६५ कायम गरिने अनुमान गरिँदै आएको छ।








प्रतिक्रिया दिनुहोस्