ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अध्यक्ष प्रचण्डको अपिल


एबीसी / संवाददाता
जेष्ठ १५, २०७९ आईतबार  ९ : ०९ बजे

काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल गर्नुभएको छ ।

गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्पका रुपमा प्रस्तुत भएको उहाँको भनाइ छ ।

नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनीतिक विचार र प्रवृतिहरुबीच सङ्घर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उहाँले कठिन मोडमा वाम–लोकतान्त्रिक शक्ति एक हुँदै आएको बताउनुभयो ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्नुभएका अध्यक्ष दाहालले जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलनलगायत सङ्घर्षका क्रममा प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले आन्दोलनका क्रममा बेपत्ता र घाइते भएका योद्धामा उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

आजको दिन नेपाली जनताको सदियौँदेखिको सङ्घर्षको परिणामस्वरुप निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो भन्दै अध्यक्ष दाहालले नेपाली समाजको अग्रगामी परिवर्तनको यस अभियानकै क्रममा संविधानसभाबाट संविधान निर्माण गरी मुलुक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभयो । संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरङ्कुश प्रवृतिलाई पनि सङ्र्घषकै बलमा पराजित गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ उत्साहजनकरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
निर्वाचनमा जीतहार भन्दा पनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकामा आफूहरु हर्षित रहेको जनाउँदै उहाँले यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आभार प्रकट गर्नुभएको छ ।चनेको छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

कुर्सीको ‘क्रान्ति’ र परम्पराको पराजय

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com