ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिग : उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै


एबीसी / संवाददाता

काठमाडौं, १४ जेठ । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल खेल्दैछन् ।

फाइनल खेल नेपाली समय अनुसार आज राति पौने एक बजे फ्रान्सको पेरिसमा हुनेछ । च्याम्पियन्स लिगको फाइलनमा रियल र लिभरपुलबीच यो तेस्रो भेट हुनेछ । यसअघि सन् १९८१ मा लिभरपुल ३–१ ले विजयी भएको थियो भने सन् २०१८ मा रियलले ३–१ गोलले नै हराएको थियो ।

रियलले कीर्तिमान १३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । त्यस्तै लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । लिभरपुल इङ्ग्लिस प्रिमियर लिगमा एक अङ्कले उपाधि जित्न चुकेको थियो ।

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो । तर लिभरपुलका जर्गेन क्लोपले वर्षकै उत्कृष्ट प्रशिक्षकको उपाधि प्राप्त गरेका थिए । क्लोपले लिभरपुललाई यस सिजन एफए कप र काराबाओ कपको उपाधि दिलाएका छन् ।

क्लोपलाई एकै सिजनमा तीन उपाधिको सफलता पाउने अवसर रहेको छ । रियलका प्रशिक्षक कार्लो एन्सेलोटी पाँचौँ पटक च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्वतन्त्र अभियानको मापदण्ड : स्नातक अनिवार्य, ६८ वर्षमाथिलाई रोक

काठमाडौं, १८ असार । स्वतन्त्र उम्मेदवारी अभियान अन्तर्गतको उम्मेदवार हुन १३ बुँदे मापदण्ड तय गरिएको छ । स्वतन्त्र उम्मेद्वारहरुको प्रथम राष्ट्रिय विशेष भेलामा अभियानका संयोजक

दुइवटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं, १८ असार ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउनुभएको छ । शनिबार निजगढस्थित ’अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को निरीक्षणमा जानुभएका देउवाले सुविधासम्पन्न

विमानस्थलको निरीक्षण गर्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

काठमाडौं, १८ असार । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुग्नुभएको छ ।  प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका

सम्बन्धित

नेपालले अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्लबलाई ६९ रनले हरायो

राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग र भरत अमेरिका प्रस्थान

एसीसी महिला टी–२० च्याम्पियनसिप : वर्षाले खेल प्रभावित हुँदा नेपाल बाहिरियो

नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा इङ्ल्यान्डको क्लिन स्वीप

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com