ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व डीआईजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ


एबीसी / संवाददाता

काठमाडौं, १३ जेठ । सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला पक्राउ पर्नुभएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालालाई बानेश्वरको एउटा घरमा लुकिरहेको अवस्थामा आज शुक्रवरा पक्राउ गरेको कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले हिजो आफ्नै फैसला उल्टाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैद गर्ने उच्च अदालतको फैसला सदर गरेपछि उहाँ फरार हुनुहुन्थ्यो ।

यसअघि २०७७ सालको असारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको संयुक्त इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर साढे आठ वर्षको हुने फैसला गरेको थियो । त्यसपछि कोइराला रिहा भइसकेका थिए । त्यो फैसलाको विरुद्धमा मृतक गीता ढकालका बुबाले निवेदन दिनुभएको थियो ।

कोइरालाले २०६८ सालमा श्रीमतीको हत्या गरेर बोरामा पोको पारेर मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर पेट्रोल छर्केर जलाएको अनुसन्धानबाट पुष्टि भएको थियो । तर कोइरालाले रिसको आवेगमा धकेल्दा श्रीमतीको हत्या भएको बयान दिएको भन्दै तत्कालीन प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय घटाउने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com