ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित


एबीसी / संवाददाता
जेष्ठ १२, २०७९ बिहीबार  ७ : ४९ बजे

काठमाडौं, १२ जेठ ।  प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन्।प्रदेश १ को प्रदेशसभाबाट राजीनामा दिएका २ मध्ये एक जना पराजित भए भने एक जनाले जित हात पारे। प्रदेश सांसदबाट राजीनामा दिएर इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागते पराजित भए। उनी नेकपा एकीकृत समाजवादीका उम्मेद्वार पूर्व प्रमुख रणबहादुर राईसँग ।  यता प्रदेश सभाबाट राजीनामा दिएका गोपालचन्द्र बुढाथोकी भने मेयरमा निर्वाचित भए। झापाको मेचीनगर नगरपालिकाका उम्मेदवारी दिएका बुढाथोकीले विजयी भए। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकी पराजीत बने।

यस्तै मधेश प्रदेशबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका दुबै जना पराजित भए।प्रदेश सांसदबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहा र शेख अबुलकलाम आजाद दुबै जना मेयर पदमा परजित भए। सर्लाहीको गोडैताको मेयरमा उम्मेदवारी दिएका उपेन्द्रप्रसाद कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का देवेन्द्रकुमार यादवसँग पराजित भए। मधेश प्रदेशकै प्रदेशसभा सदस्यबाट राजीनामा दिएर रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका शेख अबुलकलाम आजाद पनि पराजित भएका छन्।

यस्तै बागमती प्रदेश सभाबाट राजीनामा दिएर दुई महानगरको मेयरमा उम्मेदवारी दिएका दुई जनामध्ये १ जना पराजित भइसके भने अर्का एक पराजउन्मुख छन्।प्रदेश सांसदबाट राजीनामा दिएर भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका एमालेका विजय सुवेदी पराजित भए।

उनी सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालसँग पराजित भए।यस्तै प्रदेशसभाबाटै राजीनामा दिएर काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित पनि पराजयउन्मुख छन्।
गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर महानगरको मेयरमा उम्मेद्वार बनेका कृष्ण थापा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यसँग पराजित भए।यता लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएका दिपेश थारूले भने बर्दियाको राजापुर नगरपालिकाको मेयर जितेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

कुर्सीको ‘क्रान्ति’ र परम्पराको पराजय

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com