काठमाडौं, ११ जेठ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ राई आफैं खानेपानी मुहान मर्मत गर्न पुग्नुभएको छ । खानेपानीको चरम अभाव भएको धरानमा मेयरको कार्यभार सम्हाल्नुभएका साङपाङले बुधबार सर्दुखोलाको मुहानमा गएर खानेपानी मुहानको मर्मतमा खटिएनुभएको हो ।
मेयर राइले खानेपानी ब्यवस्थापन बोर्डका कर्मचारीसहित पुगेका आफैं मर्मत सामाग्रीसमेत बोकेर लैजानुएको थियो । उहाले तत्काल खानेपानीको चुहावट रोकि धरानबासिलाई पर्याप्त पानी वितरण गर्न खानेपानी बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेललाइ निर्देशन दिनुभएको छ । उहाले सर्दु, खर्दु, तामाखाम खोलाको सबै पानी जम्मागरी धरानका प्रत्येक घरमा पुर्याउन कर्मचारीलाई निर्देशन दिनुभएको हो । मेयर राइले आफनो पाच वर्षको कार्यकालमा धरानको खानेपानी समस्या समाधान गर्न बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्