काठमाडौ, ६ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर केही घटेको छ । अहिलेसम्म ५७ हजार सात सय ७७ मतगणना हुँदा दाहाल तीन हजार एक सय ८१ मतले अघि हुनुहुन्छ ।
पछिल्लो मत परिणामअनुसार दाहालले २१ हजार ६ सय ८३ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १८ हजार पाँच सय दुई मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म आठ हजार ६७ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले २४ हजार ३० मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले १४ हजार ६ सय ५४ मत ल्याउनुभएको छ । उहाँहरूबीच नौ हजार तीन सय ६७ मतको मतान्तर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्