काठमाडौं, ६ जेठ । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँ नेकपा एमालेका गणेशप्रसाद प्रसाईँलाई १५३ मतान्तरले पछि पार्दै मेयरमा निर्वाचित हुनुभएको हो । बुढाथोकीले ७००२ मत प्राप्त गर्दा प्रसाईँले ६८४९ मत ल्याए। प्रसाईँ अघिल्लो निर्वाचनमा विजयी हुनुभएको थियो ।
मेयरमा एकीकृत समाजवादीका सुरेन्द्रकुमार लामाले ३८३६ मत र कांग्रेसका रामप्रसाद मैनालीले २९३६ मत पाउनुभयो । माओवादी केन्द्र सबै ११ वडाध्यक्षमा पराजित भए पनि मेयरमा भने जित निकाल्न सफल भयो। पालिकामा सबै पार्टी मेयरको प्रतिस्पर्धामा थिए। उपमेयरमा एमालेकी हरीमाया घलान विजयी हुनुभएको छ । उहाँले ६८५५ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी माओवादीका पदमा मुक्तानले ५३२१ मत पाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्