ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले के सोचेको थियो, के भयो ?


एबीसी / संवाददाता

काठ्माडौं ५ जेष्ठ । व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा खोलेको तरकारी बजार उद्घाटन गर्दै गत १६ चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘एउटा तराजुमा एक–एक केजीको पाँचवटा ढक एकातिर राख्नुभयो, अर्कोतिर क्विन्टलको ढक राख्नुभयो भने के हुन्छ , एमाले क्विन्टल हो । गठबन्धन भनेको एक–एक किलोका ढक हुन् । त्यो पाँचवटा दलको गठबन्धनले के गर्छ ?

स्थानीय निर्वाचन परिणामले भने एमालेलाई पहिलोबाट दोस्रो शक्तिमा ल्याइपुर्‍याएको छ । प्राप्त परिणाम र अग्रताका आधारमा एमाले एक सय ९७ पालिकाको नेतृत्वमा छ जबकि अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी गठबन्धनबीच पनि एमालेले दुई सय ९४ पालिकामा नेतृत्व लिएको थियो । अघिल्लो निर्वाचनमा ३९ प्रतिशत पालिकामा अगुवाइ पाएको एमाले यसपालि १२ प्रतिशत गुमाएर २७ प्रतिशतमा सीमित हुने सम्भावना छ । उता अघिल्लो निर्वाचनमा ३५ प्रतिशत पालिका जितेको कांग्रेसले यसपालि सुरुदेखि नै ४३ प्रतिशतमा अगुवाइ गरिरहेको छ । अघिल्लो पटक दुई सय ६६ पालिकाको प्रमुख पाएको कांग्रेसले यसपालि करिब ६२ पालिका थप्ने सम्भावना छ । त्यस्तै अघिल्लो पटक एक सय ६ पालिका जितेको माओवादीले पनि प्रतिशत १४ बाट १६ पुर्‍याउन लागेको छ । एमालेले भने करिब ८८ पालिका गुमाउँदै छ । सत्ता गठबन्धन दलबीच देशभरका एक तिहाइभन्दा पनि कम पालिकामा तालमेल भएको र ती पार्टीहरूबाट बागी उम्मेदवार पनि उठेकाले अन्तरविरोधको फाइदा हुन सक्ने आकलन एमालेको थियो ।

विशेषगरी काठमाडौं, पोखरा, वीरगन्ज महानगरपालिका र बहुसंख्यक उपमहानगर जित्ने एमालेको विश्वास थियो । तर, बुधबार रातिसम्म सबै ६ महानगरमा एमाले पछाडि छ । त्यस्तै ११ उपमहानगरमध्ये तीन उपमहानगरमा मात्र एमाले अगाडि छ । एमालेको आफ्नै प्रक्षेपण भने उत्साहजनक थियो । सत्ता गठबन्धनका साझेदार एक हुँदा पनि ५० प्रतिशत र अवस्था बिग्रिएमा ३३ प्रतिशत जित्ने एमालेको आन्तरिक सर्वेक्षण थियो । चुनावी अभियान सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष ओलीले ६० प्रतिशत पालिका जित्ने दाबीसहित लिखित आधार प्रस्तुत गरेका थिए । ओलीले आफ्नो सरकारका १८ उपलब्धिलाई जितका आधारका रूपमा प्रस्तुत गरेका थिए । तर धरातलको वास्तविकताअनुसार मूल्यांकन र रणनीति बन्न नसकेकाले पराजित भएको एमालेकै नेताहरूले बताउन थालेका छन् ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अस्तव्यस्त भएर पार्टी चुनावमा गएको प्रतिक्रिया दिनुभयो । ‘यो निर्वाचन हाम्रा लागि अस्तव्यस्त लडाइँमा सिपाही गएजस्तो भयो,’ उहाँले भन्नुभयो, ‘हामीले चुनावको मुखमा व्यापक संख्यामा मान्छे प्रवेश गराएर पार्टी ठूलो बनायौं, तर व्यवस्थित र अनुशासित रूपमा परिचालन गर्न सकेनौं । जसका कारण अपेक्षाअनुसार परिणाम ल्याउन सकिएन ।’ राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्वाचनले एमालेका पालिकाको संख्या मात्र घटाएको छैन, करिब पाँच वर्षदेखि आक्रामक राजनीतिक गर्दै आएका ओलीलाई ‘रक्षात्मक’ अवस्थामा पुर्‍याएको छ । पूर्वप्रमुख निर्वाचन आयुक्तसमेत रहेका भोजराज पोखरेल स्थानीय तहको बुधबारसम्मको नतिजाले एमाले अध्यक्ष ओलीलाई अब एक्लै अघि बढ्ने मार्गबाट पछि धकेलेको विश्लेषण गर्छन् । ‘एक्लै अघि बढ्न खोज्दा नेकपा पार्टी सिंगो रहेन, केन्द्र र प्रदेशका सरकार गुमे, अहिले आएर स्थानीय सरकारमा पकड पनि गुम्यो । केही समयअघि राष्ट्रिय सभाका सदस्य गुमाउनुपर्‍यो । अहिलेको नतिजाले फेरि राष्ट्रिय सभाका सदस्य नै गुमाउनुपर्छ,’ पोखरेल भन्नुहुन्छ, ‘म नै सबै थोक हुँ, म नै प्रधान हुँ भन्ने ठाउँबाट ओलीलाई, अब घर मिलाइएन भने राजनीति महँगो पर्ने रहेछ भन्ने स्थानमा पुर्‍याएको छ ।’

राजनीतिकशास्त्रका प्राध्यापक खड्ग केसी स्थानीय निर्वाचनले मुलुक दुई दलीय प्रणालीतिर अघि बढ्ने संकेत नदेखिएको र ओलीबाट चमात्कार हुन्छ भन्ने मान्यता पनि समाप्त भएको बताउँछन् । ‘अहिलेको नतिजाले गठबन्धनलाई निरन्तरता दिने बलियो आधार खडा गरेको छ । यो शक्ति प्रचण्ड, देउवा र माधव नेपाल राम्रो भएकाले आएको होइन । गठबन्धनले निर्माण गरेको परिणाम हो,’ केसी भन्नुहुन्छ, ‘ओलीको व्यक्तित्वले चमत्कार हुन्छ भन्ने भ्रम पनि समाप्त भएको छ । एक्लो व्यक्तिले होइन, संस्था र गठबन्धनले शक्ति आर्जन गरिएको रहेछ भन्ने शिक्षा पनि ओलीलाई दिएको छ ।’ उहाँले माओवादी निर्णायक शक्ति भएकाले भविष्यमा उसले जता चाह्यो उतै मुलुकको राष्ट्रिय राजनीतिक तरंगित हुन सक्ने बताउनुभयो । ‘ओली र प्रचण्डले कति चाहन्छन्, चाहँदैनन् भन्न सकिन्न । हिजो एमाले अध्यक्ष केपी ओलीको हात माथि थियो, आज प्रचण्ड निर्णायक बनेका छन्,’ उहाँले भन्नुभयो, ‘यही गठबन्धन रहन्छ कि रहन्न भन्ने कुरा अहिल्यै भन्न सकिन्न । तर राजनीतिमा व्यक्ति होइन, पारदर्शी र उत्तरदायी शासन पद्धति हो भन्ने पाठ राम्रै गरी सिकाएको छ ।’

त्यसो त एमाले नेता घनश्याम भुसालले पनि अध्यक्ष ओलीप्रति संकेत गर्दै नेकपा विभाजनपछि एक्लै पार्टी र आन्दोलन हाँक्ने दाबी गर्नुको परिणाम अहिले आएको टिप्पणी गर्नुभयो । ‘समग्र पार्टी नै एक जनाको नेतृत्वमा जानुपर्छ भन्ने भाष्य बन्यो, चितवन महाधिवेशनमा पनि त्यही भयो,’ उहाँले भन्ुभयो, ‘तर आजको लोकतान्त्रिक दुनियाँमा एक जनाले महाभारत लडिँदैन भन्ने पुष्टि भएको छ । एक जनाले महाभारत लड्ने प्रयोग असफल भयो ।’ के अब एमालेले आफ्नो रणनीति सुधार गर्ला , नेता भुसाल पार्टी सामूहिक नेतृत्वमा फर्कनुको विकल्प नरहेको बताए । ‘एमालेमा सबैभन्दा भरपर्दा वामपन्थी कार्यकर्ता छन् । धेरै अप्ठ्यारोमा परे पनि बौरिने शक्ति छ,’ उनले भने, ‘२०६४ सालमा हारिसकेपछि के हुन्छ भन्ने आकलन हुन्थ्यो । तर २०७०, २०७४ फड्को मार्‍यौं । पार्टी फेरि पनि अघि जान्छ, तर महाभारत एक्लैले लडिँदैन भन्ने बुझ्नैपर्छ ।’

सत्ता गठबन्धनविरुद्ध एक्लै भिडेको एमालेका लागि यो खराब नतिजा नभएको उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङको भनाइ छ । ‘सत्तापक्ष एकजुट भएर एमालेलाई एक्ल्याउँदा पनि प्राप्त नतिजाले हामी सबल पार्टीका रूपमा उभिएको पुष्टि भएको छ,’ उनले भने, ‘विगतको परिणाम हेर्दा केही घटेको हो, तर एमालेलाई कतिपय दलले धूलो चटाइदिने भनेका थिए, हामी जनताले दिएको जनमतका आधारमा उत्साहका साथ अघि बढ्छौं । हाम्रो आधार छ ।’ माओवादी नेता नारायणकाजी श्रेष्ठले अहिलेको निर्वाचन परिणामले वामपन्थी एकताको बहस सुरु हुन सक्ने प्रतिक्रिया दिए । ‘यो नतिजाले केपीजीको अहंकार कमजोर बनाएको छ । अब एमालेभित्रबाटै गलत नीतिविरुद्ध बोल्ने हिम्मत हुनुपर्छ,’ उनले भने, ‘एमालेले गम्भीर आत्मसमीक्षा गरेमा वामपन्थी तालमेलबारे ढोका खुल्न सक्छ ।’ कांग्रेस नेता रमेश लेखक संघ र स्थानीय निर्वाचनको प्रकृतिमा केही भिन्न हुने भए पनि अहिलेको जनमतले आगामी संसदीय निर्वाचनको परिणामको संकेत गर्ने बताउँछन् । ‘यो खतराको वा चेतावनीको घण्टी भन्नुस्, कम्युनिस्टविरुद्ध कम्युनिस्ट लड्नुको स्वयंसिद्ध परिणाम हो । त्यसको परिणाम के हुन्छ भन्ने पहिले नै प्रस्ट थियो,’ उनी भन्छन् ।

कांग्रेसका अर्का नेता श्याम घिमिरे यो चुनावको नतिजाले आगामी संसद्को निर्वाचनसम्मै कांग्रेस–माओवादीको गठबन्धनले निरन्तरता पाउने बलियो आधार बनाएको बताउँछन् । ‘यद्यपि कतिपय ठाउँमा गठबन्धनले काम पनि गरेन, निर्वाचनपछि गठबन्धन रहन्छ कि रहन्न भन्ने सन्देह पैदा भइरहेका बेला समग्रमा सकारात्मक आधार देखिएको छ ।’ एकीकृत समाजवादीका नेताहरू भने गठबन्धन र परिणामबाट आफूहरू उत्साही नभएको प्रतिक्रिया दिएका छन् । निर्वाचन परिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने उनीहरूको भनाइ छ । त्यस्तै गठबन्धनकै सहयात्री जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि विराटनगरको परिणामले झस्काएको छ । गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइराला धेरै अघि बढे पनि उपमेयरमा यादवका छोरा अमरेन्द्र भने धेरै मतान्तरले पछि छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जसपाका तीन मन्त्री फेरिँदै, इस्तियाक राई भौतिक पूर्वाधारमन्त्री सिफारिस : सम्भवतः आजै शपथ हुने

काठमाडौं, २० असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले अन्ततः ३ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक

मोरङको रंगेलीमा खाल्डोभित्र युवतीको शव भेटियो

विराटनगर, २० असार । पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका २ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव

माओवादी केन्द्रीय समिति बैठक आज पनि : पदाधिकारी चयन गर्ने सम्भावना कम

काठमाडौ, २० असार ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठकमा प्रदेश नेताहरूले पालिका चुनावमा कांग्रेस इमानदार नभएको

सम्बन्धित

अर्थमन्त्री शर्मालाई नीतिगत भ्रष्टाचारमा अख्तियारले छानबिन गरी मुद्दा चलाउनुपर्छ : योगेश भट्टराई

जसपाका तीन मन्त्री फेरिँदै, इस्तियाक राई भौतिक पूर्वाधारमन्त्री सिफारिस : सम्भवतः आजै शपथ हुने

मोरङको रंगेलीमा खाल्डोभित्र युवतीको शव भेटियो

माओवादी केन्द्रीय समिति बैठक आज पनि : पदाधिकारी चयन गर्ने सम्भावना कम

नेपाललाई अभ्यास खेलमा लगातार दोस्रो जित

जसपाबाट प्रदेश सांसदसहित दुई जना निष्कासित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com