बर्दिया, ५ जेठ । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार हिमालय त्रिपाठी र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार लक्ष्मी अधिकारी निर्वाचित भएका छन् ।माओवादीका त्रिपाठी ९ हजार ३६७ मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेकपा एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठले ८ हजार ३०८ मत पाए ।
नेपाली कांग्रेसका उम्मेदवार भगतबहादुर नेपाली ६ हजार ५५० मत पाए ।उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी अधिकारी विजयी भइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पवित्रा अर्याललाई ५७० मत अन्तरले हराइन् । एमालेकी अधिकारीले ८ हजार ८८५ र नेपाली कांग्रेसकी अर्यालले ८ हजार ३१५ मत पाइन् । माओवादी केन्द्रकी कमला गुरुङ ६ हजार ७०२ मतसहित तेस्रो स्थानमा रहिन् ।
प्रतिक्रिया दिनुहोस्