ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेनुलाई भरतपुरको मेयर बनाउन मैले भनेको हुँ : प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता
बैशाख २३, २०७९ शुक्रबार  ८ : १८ बजे

काठमाडौँ,२३ बैशाख । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउन आफूले भनेको बताउनुभएको छ ।
सभापति देउवाले (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनुलाई भरतपुर महानगरपालिकाको मेयरमा टिकट दिन आफूले भनेको बताउनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै उहाँले प्रकाशमान सिंहकी श्रीमती सृजनालाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउन पनि आफैँले भनेको खुलासा गर्नुभयो ।
सभापति देउवाले पुष्पकमल दाहाल लचिलो भएकोले गठबन्धन बनाउन सजिलो भएको पनि बताउनुभयो ।
पार्टीको महाधिवेशन र केन्द्रीय समितिले पनि सर्वसम्मतिले गठबन्धन बनाउने कुरालाई पारित गरेपछि पनि केहीले विरोध गरेको भन्दै उहाँले आक्रो व्यक्त गर्नुभयो ।

सभापति देउवाले चितवनमा राम्रो काम गरेकाले रेणुलाई मेयरमा जिताउनुपर्ने बताउनुभयो । काठमाडौंको फोहोरको र यातायातको समस्या समाधान गर्छु भन्ने सिंहलाई पनि जिताउनुपर्ने उहाँको भनाइ छ ।
राजधानी काठमाडौंमा मेयरका महिला उम्मेदवारले हारे बाहिरी दुनिँयाले के भन्लान् भनि प्रश्न समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ स् आयोग

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

सम्बन्धित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com