ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोगले स्थापितलाई पूनः सोध्यो स्पष्टीकरण


एबीसी / संवाददाता

काठमाडौं, २२ वैशाख । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई पूनः स्पष्टीकरण सोधेको छ ।

उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएका बालेन शाहको विषयमा अभिव्यक्ति दिनुभएको सञ्चारमाध्यम तथा सामाजिम सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ’ आयोगको विज्ञप्तिमा भनिएको छ । यसअघि आयोगले स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोध्ने प्रश्नकर्तामाथि गरेको टिप्पणीका विषयमा पनि प्रष्टीकरण सोधेको थियो । १५ वैशाखमा काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । स्थापितले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनी टिप्पणी गरेका थिए । त्यस्तै स्थापितले बालेन शाहले ‘केशव स्थापितलाई जिताऔं, बालेनलाई भोट हालौं’ भनेर प्रचार गरेको पनि आरोप लगाएका थिए ।

निर्वाचन आयोगले हालसम्म ३७ व्यक्ति तथा राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, वागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, निर्वाचन पर्वेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलसँग पनि स्पष्टीकरण माग गरेको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका-५ का वडाध्यक्षका उम्मेदवार धर्मानन्द चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० का वडाध्यक्षका उम्मेदवार अमृत खनाल, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरे लगायतलाई आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य प्रदेशमा प्रधानमन्त्रीलाई यसरी गरियो स्वागत

अमेरिकी राष्ट्रपति बाइडेन कार्यक्रमस्थलमै लडे

सम्बन्धित

मध्य प्रदेशमा प्रधानमन्त्रीलाई यसरी गरियो स्वागत

अमेरिकी राष्ट्रपति बाइडेन कार्यक्रमस्थलमै लडे

सीटीईभीटीका उच्च अधिकारी सवार जिप सुनकोशीमा खस्यो

प्रचण्डलाई महारष्ट्रका मुख्य मन्त्री चौहानले स्वागत गर्दै भने – हाम्रो शरीर दुई, सभ्यता र संस्कृति एकै

कालापानीको विकल्पमा बंगलादेश जाने सिधा बाटोबारे सोच्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोलेको छ : अध्यक्ष  ढकाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com