ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावपछि जेठ पहिलो साताबाटै इन्धनको मूल्य हृवात्तै बढ्ने : निर्देशक थानी


एबीसी / संवाददाता

काठमाडौं, २२ बैशाख । चुनावको बेलामा सरकारको विरोध हुन सक्ने भन्दै हिजोआज आयल निगमले इन्धनको मूल्य बढाएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर भारतीय आयल कर्पोरेसन (आईओसीले) नयाँ मूल्य सूचि पठाए पनि निगमले २२ चैतदेखि मूल्यवृद्धि गरेको छैन ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको निगमले हाललाई स्वचालित मूल्य प्रणाली रोकेको छ । ३० वैशाखको स्थानीय निर्वाचनपछि भने स्वचालित मूल्य प्रणालीलाई नै निरन्तरता दिने निगमका कार्यकारी निर्देशक उमेश थानीले बताउनुभयो । त्यसका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निगमलाई अनुमति दिइसकेको उहाँको भनाइ छ । ‘प्रधानमन्त्री र अर्थमन्त्रीले अगाडि बढ्न भनिसक्नुभयो । हामी जेठ पहिलो साताबाटै डिजेल पेट्रोल परल मूल्यमै बिक्रीमा जान्छौं,’ उहाँले भन्नुभयो, ‘तत्काललाई निगम जोगाउन अरु कुनै उपाय नभएपछि मूल्य बढाएरै जानु पर्ने देखियो ।’ स्थानीय निर्वाचन लगत्तै निगम सो निर्णयमा पुगे पेट्रोल र डिजेलको उपभोक्ता खुद्रा बिक्री मूल्य प्रतिलिटर १८३ रुपैयाँ भन्दा धेरै पुग्नेछ । १८ वैशाखमा प्राप्त आईओसीको नयाँ बिक्री मूल्य अनुसार नेपालमा पेट्रोलको लागत मूल्य १८३ रुपैयाँ २ पैसा र डिजेलको १८३ रुपैयाँ १३ पैसा छ । निगमले अहिले पेट्रोल प्रतिलिटर १६० र डिजेल प्रतिलिटर १४३ रुपैयाँमा बिक्री गर्दै आएको छ । जेठपछि भने एकैपटक हृवात्तै मूल्यवृद्धि गर्ने निगमको तयारी छ । हालको बिक्री मूल्यलाई परल मूल्यमा लगिए पेट्रोलको मूल्य लिटरमा २३ रुपैयाँ २ पैसा र डिजेलको मूल्य ४० रुपैयाँ १३ पैसा प्रतिलिटर एकै पटकमा वृद्धि हुनेछ । खाना पकाउने ग्यास र हवाइ इन्धन तथा मट्टितेलको मूल्यमा भने स्वचालित प्रणाली तत्काल लागू नहुने निगमले जनाएको छ । महँगो मूल्यका कारण निगमको मासिक घाटा १० अर्ब नाघ्ने र इन्धन किनेकै पैसा भुक्तानी गर्न नसक्ने अवस्था आएपछि मूल्यवृद्धि निर्विकल्प भएको कार्यकारी निर्देशक थानीको दाबी छ ।

सरकारले अपुग रकम जुटाउन सहयोग नगरेपछि निगमले इन्धन खरीदको रकम भारतीय आयल कर्पोरेसन (आईओसी) लाई तिर्न नसकेर यो महिना उधारो राख्ने अवस्था आएको छ । अंग्रेजी महिनाको ८ तारिखमा आईओसीलाई तिर्नुपर्ने २६ अर्बमध्ये १३ अर्ब रुपैयाँ अपुग भएको निगमका नायव कार्यकारी निर्देशक एवम् आर्थिक विभाग प्रमुख नागेन्द्र साहले बताउनुभयो । सरकारलाई ऋण खोजिदिन आग्रह गरे पनि नपाएपछि छ कुल भुक्तानीको ५० प्रतिशत अर्थात १३ अर्ब रुपैयाँ मात्रै भुक्तानी गर्न लागिएको साहले बताउनुभयो । ‘तिर्नुपर्ने २६ अर्ब हो, हामीसंघ १३ अर्बमात्रै आन्तरिक बिक्रीबाट उठ्ने भयो’ नायव कार्यकारी साहले भन्नुभयो ‘कुनै उपाय नलागेपछि अर्को पटक तिर्ने गरी आईओसीलाई १३ अर्ब उधारो राख्ने अवस्थामा पुग्यौं ।’ सरकारी बैंक वा अन्य कुनै कोषबाट निगमलाई ऋण लिन पठाइएको प्रस्ताव अर्थ मन्त्रालयमा अड्किएको निगमले जनाएको छ । वैशाख १८ को नयाँ मूल्यपछि निगम अहिले मासिक १० अर्ब रुपैयाँ भन्दा बढी घाटामा रहेको भन्दै साहले जेठमा स्वचालित मूल्य प्रणाली लागू भएपछि उधारो तिर्न सकिने आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा १ लाख मतगणना : बालेन पहिलोमा, स्थापित तेस्रोमा, कसको मत कति ?

काठमाडौं, ७ जेठ ।  काठमाडौं महानगरको मतगणना जारी रहेको छ । १ लाख ३४ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।

एबीसी टेलिभिजन स्थानीय तहको निर्वाचनको एक्जीट पोल शतप्रतिश मिलाउन सफल

काठमाडौं, ७ जेठ । एबीसी टेलिभिजनले स्थानीय तहको निर्वाचनमा सहभागी रहेका दल लगायत स्वतन्त्र उम्मेदवारले प्राप्त गर्न सक्ने नतिजाको प्रक्षेपण गरेको थियो । एबीसी टेलिभिजनले

एमालेले धेरै जित्यो मेयर र अध्यक्षभन्दा उपमेयर र उपाध्यक्ष

काठमाडौं, ७ जेठ । वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। शनिबार अपरान्हसम्म ६९० पालिकाको अन्तिम परिणाम आइसकेको छ। अहिलेसम्मको

सम्बन्धित

काठमाडौंमा १ लाख मतगणना : बालेन पहिलोमा, स्थापित तेस्रोमा, कसको मत कति ?

एबीसी टेलिभिजन स्थानीय तहको निर्वाचनको एक्जीट पोल शतप्रतिश मिलाउन सफल

एमालेले धेरै जित्यो मेयर र अध्यक्षभन्दा उपमेयर र उपाध्यक्ष

व्यास नगरपालिकामा पछि पर्न थाले स्वतन्त्र उम्मेदवार जोशी

६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक

काठमाण्डौ महानगरमा केशव स्थापित बालेन साहभन्दा १५ हजार ४ सय ३५ मतले पछाडि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com