ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जान्छ, नत्र दुर्घटना हुन्छ : अध्यक्ष दाहाल


एबीसी / संवाददाता

काठमाडौँ, २२ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जाने बताउनुभएको छ ।

चितवनमा भएको गठबन्धनको सभालाई सम्बोधन गर्दै उहाँले भरतपुरमा रेनु दाहाललको टीमलाई जिताएमा अहिले भइरहेको गठबन्धन १० देखि १५ वर्षसम्म जाने बताउनुभयो । ‘रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जान्छ,’ उहाँले भन्नुभयो, ‘चितवनमा कांग्रेसको भोट माओवादीमा ट्रान्सफर गर्न कठिनाइ भएको छ, त्यसो भए देश दुर्घटनामा जान्छ ।’

गठबन्धन राष्ट्र, गणतन्त्र, लोकतन्त्रको आवश्यकताका लागि भएको बुझ्न आग्रह गर्दै उहाँले कांग्रेस कार्यकर्ताले पनि मन फुकाएर मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले रुखको भोट हसिया हथौडामा ट्रान्सफर गर्न गाह्रो भएको र त्यसमध्येको एक जिल्ला चितवन भएको स्मरण गर्नुभयो । ‘हसिया हथौडाको भोट रुखमा सहज गए पनि रुखको भोट हसिया हथौडामा जान सकस भएको देखेँ,’ उहाँले भन्नुभयो, ‘अन्तन्त सकस हुनेमध्येको ठाउँ भनेको चितवन र मधेश हो ।’

नेपाली कांग्रेसका कार्यकर्ताले असन्तुष्टि जनाएकोमा जवाफ दिँदै अध्यक्ष दाहालले नेपालको इतिहासलाई नजिकबाट बुझ्ने कोसिस गर्न आग्रह गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘विस्तृत शान्ति सम्झौता लगायतका २०४६ र २०६२/६३ सालमा भएका आन्दोलनमा रुख र हसिया हथौडाको सम्झौता गतल भन्न सक्नुहुन्छ ?’

अध्यक्ष दाहालले कांग्रेस र अन्य पार्टीका कार्यकर्ताले साथ दिए गठबन्धन नछुट्ने बताउनुभयो । आफूमाथि फेरि एमालेसँग मिल्न जान्छ कि भन्ने आशंका गरिएकोप्रति उहाँले ज्ञान प्राप्त गरेर आएकाले अब त्यस्तो नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म ज्ञान प्राप्त गरेर आएको छु, मलाई शंका नगर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com