ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सूचना आयोगले १५औँ स्थापना दिवस मनाउँदै


एबीसी / संवाददाता

काठमाडौँ, २२ बैशाख । राष्ट्रिय सूचना आयोगले १५ औँ स्थापना दिवस मनाउँदै छ । संविधानमा सूचनाको हक मौलिक हकका रुपमा स्थापित छ । नेपालको संविधानको धारा २७ मा, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भनेर सूचनाको हकलाई संवैधानिक रूपमै व्यवस्था गरिएको छ ।

संवैधानिक रूपमा नागरिकलाई दिइएको सूचनाको अधिकारको व्यावहारिक प्रयोगका लागि सूचनाको हकसम्बन्धी ऐन तथा स्वतन्त्र आयोगको रूपमा राष्ट्रिय सूचना आयोगको गठन भएको आज १४ वर्ष पूरा भएको हो । तर सूचनाको हकको कार्यान्वयन जति हुनुपर्ने थियो त्यति प्रभावकारी हुन नसकेको गुनासो छ । सूचना नपाएपछि राष्ट्रिय सूचना आयोगमा परेको पुनरावेदनको सङ्ख्या ८ हजारको हाराहारीमा छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले पालिका चुनावमा सही, तथ्यगत र आधिकारिक सूचनाको महत्त्व अझ बढेको भन्दै नकारात्मक असर पार्न सक्ने सूचना सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ । साथै उहाँले मागिएका सूचना सहज रुपमा उपलब्ध गराउन पनि सार्वजनिक निकायलाई आग्रह गर्नुभएको छ ।

यस्तै, स्थापना दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सूचनाको हक सुशासन र लोकतान्त्रिक शासन पद्धतिको आधार रहेको बताउनुभएको छ । उहाँले सूचनाको हकलाई प्रवर्द्धन र संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्वतन्त्र अभियानको मापदण्ड : स्नातक अनिवार्य, ६८ वर्षमाथिलाई रोक

काठमाडौं, १८ असार । स्वतन्त्र उम्मेदवारी अभियान अन्तर्गतको उम्मेदवार हुन १३ बुँदे मापदण्ड तय गरिएको छ । स्वतन्त्र उम्मेद्वारहरुको प्रथम राष्ट्रिय विशेष भेलामा अभियानका संयोजक

दुइवटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं, १८ असार ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउनुभएको छ । शनिबार निजगढस्थित ’अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को निरीक्षणमा जानुभएका देउवाले सुविधासम्पन्न

विमानस्थलको निरीक्षण गर्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

काठमाडौं, १८ असार । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुग्नुभएको छ ।  प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका

सम्बन्धित

स्वतन्त्र अभियानको मापदण्ड : स्नातक अनिवार्य, ६८ वर्षमाथिलाई रोक

दुइवटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउने प्रधानमन्त्री देउवाको भनाई

विमानस्थलको निरीक्षण गर्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

पाँचथरमा पहिरोमा बेपत्ता तीन जनाको शव भेटियो

पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

प्रधानमन्त्रीसहित शीर्ष नेता निजगढ जाँदै, सर्वोच्चले रोक लगाएको क्षेत्रको अवलोकन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com