ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से परिसूचकमा उच्च अङ्कको बृद्धि


एबीसी / संवाददाता

काठमाडौं ११ वैशाख। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५।५२ अङ्कले उकालो लागेर दुई हजार ४२०।९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १७।७४ अङ्कले उकालो लागेर ४६०।८८ मा पुगेको छ । नेप्से उच्च अङ्कले उकालो लागे पनि कारोबार रकम भने खासै बृद्धि हुन सकेको छैन । कूल २३० कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर रु दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ४२।१२, व्यापार २२।७९, होटल तथा पर्यटन ८४।९३, विकास बैंक २६२।३७, जलविद्युत् १८९।१७, वित्त १४३।६७, निर्जीवन बीमा ४३४।३७, उत्पादन १५६।४६, अन्य ८८।७६, लघुवित्त १७९।४२, जीवन बीमा ४२३।३७, सामूहिक लगानी कोष ०।३१ र लगानी ४।३३ अङ्कले उकालो लागेको छ ।
आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३४ खर्ब ४३ अर्ब ८१ करोड १७ लाख ९६ हजार ५६६ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा सानिमा बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको रु २२ करोड बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट रु ११ करोड ७६ लाख २२ हजार ७३३, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड १२ लाख २० हजार १५७, हिमालयन डिस्टिलरी रु आठ करोड ४१ लाख १७ हजार ९३८ र नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ३४ लाख २९ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

शेयरमा सर्किट

लामो समयपछि एक दर्जन कम्पनीको शेयर मूल्यमा १० प्रतिशत बराबरको मूल्य बढेपछि सकारात्मक सर्किट लागेको छ । नेप्सेमा अनुसार नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट कम्पनी, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, ग्रीन भेञ्चर्सको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ९।८९, नेष्डो समृद्धि लघुवित्त २।८५, लक्ष्मी बैंकको ऋणपत्र २ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ०।५७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीसी टिभी फुटेज प्रकरण : अर्थ मन्त्रालयले कानुनको धज्जी उडायो

काठमाडौं, १९ असार ।  अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज आइतवार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण

माओवादी केन्द्रले टुंग्यायो ३७३ केन्द्रीय सदस्य (नामसहित)

काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष

साविक नेकपाका बहुमत सचिवालय सदस्यको भेटघाट

काठमाडौं । साविक नेकपाका बहुमत सचिवालयका सदस्यहरुको भेट भएको छ । सचिवालय सदस्यहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका बीच भेटवार्ता

सम्बन्धित

सीसी टिभी फुटेज प्रकरण : अर्थ मन्त्रालयले कानुनको धज्जी उडायो

माओवादी केन्द्रले टुंग्यायो ३७३ केन्द्रीय सदस्य (नामसहित)

साविक नेकपाका बहुमत सचिवालय सदस्यको भेटघाट

यी हुन् एमालेमा मनोनित १३ विभागका सचिव

एमालेले बनायो चुनावमा भएका अन्तरघातको छानबिन गर्न समिति

चुनावसम्म सत्ता गठबन्धन सग्लो नरहने एमाले निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com