ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीको दाबी : सहमति जुटाउन बैठक बस्दै


एबीसी / संवाददाता

काठमाडौं, ६ वैशाख ।  नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुखमा दाबी गरेका छन् । अघिल्लो चुनावमा नेकपा एमालेले जितेको पोखराको मेयरमा गठबन्धन गर्दा आफूले पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको अडान छ । तर, पोखरामा कांग्रेसले पनि समाजवादीको नेतृत्व नस्वीकार्ने अडान राखेका कारण भागबन्डा टुङ्गो लाग्न नसकेको हो ।

अरु पाँच महानगरमा सहमति भइसकेको नेताहरुले बताएका छन् । केन्द्रबाट ६ महानगर र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख गरी ३४ सिट पाँच दलबीच भागबन्डा गर्ने यसअघि नै सहमति बनेको छ ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । हिजोको बैठकमा विराटनगर, वीरगञ्ज, भरतपुर, काठमाण्डौ र ललितपुरबारे सहमति भए पनि पोखराको टुङ्गो लाग्न सकेन ।

कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगरमा प्रमुख दिने, भरतपुरमा माओवादी केन्द्र र वीरगञ्जको प्रमुख जसपालाई दिने तयारी छ । कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज गठबन्धन दलका बीचमा फेरि छलफल हुने र पोखरासहित सबैको टुङ्गो लाग्ने बताउनुभयो । बैठक बिहान ११ बजे बस्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

काठमाडौं, ९ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

चितवन ९ जेठ । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

काठमाडौं, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए

सम्बन्धित

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

स्थानीय तह निर्वाचन गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बन्यो : प्रवक्ता महत

२२ सयमा झर्‍यो सेयर बजार

९ वटा उपमहानगरको मतगणना सकियो, जनकपुरधाम र तुलसीपुर बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com