ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय कारोबारमा ठगीको गुनासा बढेः सचेत रहन राष्ट्र बैंकको आग्रह


एबीसी / संवाददाता
माघ २२, २०७८ शनिबार  १२ : ३१ बजे

काठमाडौँ, २२ माघ । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ । केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु. ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटिजिए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ । बैंकको विवरणानुसार गत आवको मङ्सिर महिनामा विद्युतीय कारोबार रु. २३ खर्ब ७७ अर्ब भन्दा बढीको थियो । कारोबार तथा भुक्तनीमा एटिएम, वालेट, मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, क्यूआर कोडमा आधारीत भुक्तानी प्रणालीलगायत माध्यमको प्रयोग उल्लेख्य रुपमा बढेको छ ।

आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग उल्लेख्य रुपमा वृद्धि हुँदै गर्दा विभिन्न नाममा ठगी पनि बढ्दै गएको छ । चिठ्ठा परेको भन्ने प्रलोभन, मोबाइल एप्लिकेशनको दुरुपयोग, अपरिचित व्यक्तिबाट आफ्नो पासर्वड तथा ओटिपी विभिन्न वहानामा माग गरिनु जस्ता क्रियाकलाप बढेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई त्यस बारे सजग र सुरक्षित रहन सुझाव दिएको छ । केन्द्रीय बैंकले शुक्रबार विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि सूचना जारी गर्दै विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा आपराधिक व्यक्ति तथा समूहले विभिन्न प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासा बढ्न थालेकाले विद्युतीय भुक्तानीमा विशेष ध्यान दिन प्रयोगकर्तालाई अनुरोध गरेको छ । अहिलेको समयमा सामाजिक सञ्जालमार्फत चिनेजानेका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी ईन्टरनेट बैंकिङ अथवा मोबाइल बैकिङको युजरनेम तथा पासर्वड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई रकम हस्तान्तरण गर्ने बहानामा उल्टै रकम माग गर्ने, गैरकानुनी उपकरणमा लगानी गर्न उत्प्रेरणा गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको भन्दै यस प्रकारका ठगी बाट बच्न र सुरक्षित कारोबार गर्न सर्वसाधारणलाई राष्ट्र बैंकले सूचनामार्फत ध्यानाकर्षण गरेको छ ।

केन्द्रीय बैंकले अपरिचित व्यक्तिलाई आफ्नो पासर्वड, ओटीपी वा अन्य कुनैपनि संवेदनशील जानकारी नदिन, आफ्नो पासर्वड समयसमयमा परिवर्तन गर्न तथा यस्ता पासर्वड गोप्य राख्न भनेको छ । त्यस्तै सर्वसाधारणलाई अपरिचित व्यक्तिले सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाइ रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र त्यस्तो रकम पठाउन आग्रह गरेको । त्यस्तै अनावश्यक तथा अनधिकृत एप्लिकेशन मोबाइल वा अन्य उपकरणमा डाउनलोड गर्दा आफ्ना संवेदनशील सूचनाहरु आपराधिक समूहले पत्ता लगाउन सक्ने भएकाले त्यस्ता अनावश्यक तथा अनधिकृत एप्लिकेशन प्रयोग नगर्न बैंकले सुझाएको छ । सामाजिक सञ्जाल लगायत प्रणालीको प्रयोग गरेर रकम भुक्तानी गर्ने बहानामा बारकोड तथा क्यूआर कोड पठाएर अथवा एप्लिकेशनको पासवर्ड आवश्यक छ भनेर माग गरेमा त्यस्ता कार्यलाई शङ्कास्पद मानेर सचेत रहन समेत राष्ट्र बैंकले सूचनामार्फत सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले वेबसाइटमार्फत कारोबार गर्नुअघि आधिकारिक वेवसाइट हो वा होइन यकीन गरेर मात्र कारोबार गनुपर्नेमा जोड दिएको छ । आधिकारीक वेबसाइटको सुनिश्चितता पश्चातमात्र आर्थिक कारोबार गर्नुपर्नेमा बैंकले जोड दिएको छ । विभिन्न माध्यमबाट आर्थिक कारोबार गर्दा आँफू ठगिएको शङ्का लागेमा अथवा त्यस बारे गुनासा रहेमा कारोबार गर्ने बैंक तथा वित्तीय संस्था एवम् राष्ट्र बैंकमासमेत सम्पर्क गरी गुनासो वा उजुरी दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

बालेन सरकारलाई कार्यसूचीमा थप गर्न पूर्वप्रधानमन्त्री भट्टराईले दिए यस्ता सुझाव

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

भदौ २४ को घटनामा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णय

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com