ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोखामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र फोटो खिचाउने कार्य सुरु


एबीसी / संवाददाता

काठमाडौँ, २१ माघ । काठमाडौँको टोखा नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र फोटो खिचाउने कार्य सुरु भएको छ । सरकारबाट प्रदान हुने विभिन्न आवश्यक सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेसँगै टोखाले आजदेखि राष्ट्रिय परिचयपत्रको विवरण भर्ने र फोटो खिचाउने काम सुरु गरेको हो ।

नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाका बासिन्दालाई राष्ट्रिय परिचयपत्र सहज ढङ्गले वितरण गर्नका लागि व्यक्तिको विवरण भर्ने र फोटो खिचाउने काम नगरपालिकाबाटै सुरु गरिएको जानकारी दिनुभयो । परिचयपत्र लिनका लागि नेपाली नागरिकता प्रमाणपत्रको सक्कल, बाबु/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा वडा कार्यलयको सिफारिस, राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि, बसाइँसराइको हकमा बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको सक्कल आवश्यक पर्ने सो नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण भर्न र फोटो खिच्ने कार्यका लागि सम्बन्धित व्यक्ति टोखा नगरपालिकाको बासिन्दा हुनुपर्ने उपप्रमुख डङ्गोलले बताउनुभयो । टोखामा नगर बालसञ्जाल पुनर्गठन भएको छ । दुई वर्ष पहिले स्थापना भएको नगर बालसञ्जाललाई आज पुनर्गठन गरिएको उपप्रमुख डङ्गोलले बताउनुभयो । उपप्रमुख डङ्गोलका अनुसार पुजा तामाङको अध्यक्षतामा ९ सदस्यीय नगर बाल सञ्जाल पुनर्गठन गरिएको हो । बाँकी दुई सदस्यपछि थप्नेगरी बालसञ्जाल पुनर्गठन गरिएको टोखा नगरपालिकाले जनाएको छ । यस्तै, टोखाले सबै वडा र विद्यालयमा बालसञ्जाल पुनर्गठन गरिसकेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com