ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मापदण्डविपरित नदीजन्य पदार्थ उत्खननमा अख्तियारको चासो


एबीसी / संवाददाता

गलेश्वर, २१ माघ । म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशन/प्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको हो ।

बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेको समाचार प्रकाशित भएपछि आयोगको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको हो । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको पाइएको अनुगमन टोलीका एक सदस्यले बताउनुभयो । नगरपालिकासँगको सम्झौता अनुसार बगरमा तीन हजार ७४२.२० घनमिटर उत्खनन गर्नुपर्नेमा ९३ सय घनमिटर उत्खनन भएको पाइएको उहाँले बताउनुभयो । मापदण्ड अनुसार ९० सेन्टिमिटर गहिराईसम्म उत्खन्न गर्ने सम्झौता भएकोमा सरदर १ दशमलव ६ मिटर गहिरो बनाइएको छ । यस्तै अर्को सजेनी बगरमा पनि मापदण्डविपरीत नदी उत्खनन गरेको पाइएको छ । सतहदेखि १७ घनमिटर उत्खनन गर्ने सम्झौता भएकोमा दुई हजार एक सय घनमिटर उत्खनन भएको पाइएको छ । “मापदण्ड र सम्झौता विपरीत नदी उत्खनन भएको भनेर सूचना आएपछि अख्तियारको टोलीले स्थलगत अनुगमन गरको हो”, आयोगको पोखरास्थित कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले भन्नुभयो, “मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेबापत के कारवाही गर्ने भन्ने विषयमा अनुगमन टोलीले रिपोर्ट बुझाएपछि मात्र निर्णय हुन्छ ।” स्काभेटर प्रयोग गरी नदीको धार परिवर्तन गराई ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्दा तटीय क्षेत्रमा बाढी, कटानको जोखिम बढेको, राजस्व गुमेको, जलचरको बासस्थान र वातावरणमा असर पुगेको छ । अनुगमनमा बेनी नगरपालिकाका कर्मचारीको समेत सहभागिता थियो । टोलीले अन्य बगरमा पनि अनुगमन गरेको थियो ।

सरकारको नदीजन्य बस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माण कम्पनीले एक्साभेटर प्रयोग गरेर तोकिएभन्दा गहिरो खाडल बनाएर उत्खनन गरेको सोमबार अनुगमन गरेको समितिले जनाएको छ । बगरबाट सम्झौताभन्दा बढी परिणाममा उत्खनन भएको अनुगमन समितिले ठहर गरेको छ । नदीजन्य बस्तुको उत्खननमा एक्साभेटरलगायत ठूला उपकरण प्रयोग गर्न नपाउने कानुन छ । नगरपालिकासँगको सम्झौताअनुसार ठेकेदार कम्पनीले नगरपालिका–७ को अग्निखेत बगर, वडा नं–६ डम्मरा, जोगिगाडे बगर, चुत्रेनी बगर तल्लो, चुत्रेनीकै बगर माथिल्लो, वडा नं ५ को बगुवा खोला, सोही वडाको सजेनी बगर, वडा नं ३ को दूधखोला कोप्रे बगर र वडा नं २ को घुमाउने ताल बगरमा नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका छन् । म्याग्दी नदीको नौ वटा बगरबाट १७ हजार ७६० दशमलब १५ घनमिटर नदीजन्य बस्तु उत्खनन र निकासीका लागि न्यूनतम ४३ लाख ८६ हजार ४६ दशमलब ६४ मूल्य राखेर ठेक्का आह्वान गरिएको थियो । रु. ४४ लाख कबोलेको बागलुङको जुम्ली निर्माण सेवाले पुस २३ गते सम्झौता गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार नगरपालिकासँग ठेक्का सम्झौता हुनुभन्दा एक हप्तादेखि नै उत्खनन थालेका व्यवसायीले नजिकै रहेको जिसी त्रसर उद्योगमा भण्डारण गरेर राखेका छन् । कम्पनीका प्रतिनिधि नीराजन खतिवडाले अलपत्र सडक आयोजनालाई आवश्यक नदीजन्य बस्तुको सहज आपूर्तिका लागि सरोकारवालासँग समन्वय गरेर उपकरणको प्रयोग गरेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com