ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा सदस्य निर्वाचन : १९ पदमा मतदानमा १८ पदमा गठबन्धनका उम्मेदवार विजयी (को कहाँ नामसहित)


एबीसी / संवाददाता

काठमाडौं, १२ माघ ।राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी हुनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी हुनुभएको छ । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की पनि निर्वाचित हुनुभएको छ ।

नेकपा ९एकीकृत समाजवादी०का तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह (गरिमा) निर्वाचित हुनुभएको हो । जनता ९समाजवादी पार्टी नेपाल०का उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा पनि आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरी निर्वाचित हुन सफल हुनुभएको छ । उहाँहरू आगामी छ वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माका अनुसार यस निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेकामा दुई हजार सात मत खसेको थियो । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । राष्ट्रियसभा सदस्यको यस निर्वाचनमा महिला, दलित अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूह गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष नगरपालकाका प्रमुख तथा उपप्रमुख मतदाता रहनुभएको थियो । प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिकाका प्रमुख उपप्रमुखको मतभार १८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको विजय घोषणापछि विशाल र्‍यालीको तयारी

काठमाडौं, १२ जेठ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएको घोषणा सम्भवत आज हुन सक्छ । अब तीनवटा वडाको मात्रै मतगणना बाँकी छ

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, १२ जेठ । काठमाडौं– बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। आजको सदनमा राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

काठमाडौं, १२ जेठ ।  प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन्।प्रदेश १ को प्रदेशसभाबाट राजीनामा

सम्बन्धित

बालेनको विजय घोषणापछि विशाल र्‍यालीको तयारी

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता

दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...