ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको बन्दसत्र भोलि १ बजेसम्मका लागि स्थगित


एबीसी / संवाददाता
पुस १७, २०७८ शनिबार  ८ : ०१ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको नेता रामनारायण विडारीले बताए । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास पनि भइरहेको थियो । एक नेताका अनुसार आइतबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी छ ।

शनिबार दिउँसो साढे दुई बजे स्थगित भएर साँझ पौने ७ बजे पुन: सुरु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्द सत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्ने प्रस्ताव गरेका थिए ।त्यसपछि अध्यक्ष मण्डलले बन्द सत्र आइतबार १ बजेसम्म स्थगित भएको जानकारी गराएको माओवादीको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com