ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीको हनुमाननगरमा जसपाको खबरदारी जुलुस


एबीसी / संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जनमत पार्टी बिरुद्ध सप्तरीमा शुक्रबार खबरदारी जुलुस निकालेको छ । जनमत पार्टीका नेता कार्यकर्तामाथी कारवाहीको माग गर्दै जसपाले सो खबरदारी जुलुस निकालेको हो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीको कार्यक्रममा वडा नं. ११ का वडाअध्यक्ष लगायतले नेता कार्यकर्तामाथी आक्रमण तथा सवारीसाधनलाई तोडफोड गरेको भन्दै वडा अध्यक्षलाई कारवाहीको माग गर्दै आन्दोलन गरिरहेको बेला जसपाले पनि सो पार्टी बिरुद्ध खबरदारी जुलुस निकालेको जनाइएको छ ।

कंकालिनी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहि यादवको नेतृत्वमा एक टोलीले गत गत शनिबार आफ्ना नेता कार्यकर्तामाथी आक्रमण र कार्यक्रम स्थलमा तोडफोड गरेको आरोपसहित जनमत पार्टीका कार्यकर्ता सडक आन्दोलनमा छन् । यता मंगलबारदेखी उक्त नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षले आ–आफ्नो वडा कार्यालयमा तालाबन्दी गरी सोको सा“चो नगर प्रमुख शैलेश प्रसाद साहलाई बुझाएका छन् । उनीहरुले नगर प्रमुख साहलाई ज्ञापनपत्र समेत बुझाउँदै उक्त घटनामा जनमत पार्टीका कार्यकर्ता दोषी रहेकाले कारवाहीका लागि पहल गर्न माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र पत्रकार महासंघ सप्तरीलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा जनमत पार्टीको गत शनिबार आयोजित कोणसभाका क्रममा वडा नं ११ वडा अध्यक्ष मोही यादवलाई गालिगलौज गरेको तथा वडा नं. १० वडा अध्यक्ष श्रवण मण्डलको घरमै पसी उनीमाथी हातपात गरेको उल्लेख गरेका छन् । यता जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले वडा अध्यक्षको आन्दोलनले आफू चकित परेको बताउ“दै नौंटंकीको संज्ञा दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com