ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिसोबाट जोगाउन प्रदेश नं २ सरकारले थाल्यो तयारी


एबीसी / संवाददाता
पुस १५, २०७८ बिहीबार   १ : ११   बजे

काठमाडौं । अत्यधिक चिसो बढ्ेसँगै प्रदेशवासीलाई जाडोबाट जोगाउन प्रदेश नं २ सरकारले आवश्यक तयारी थालेको छ ।वर्षासँगै चिसो बढेपछि प्रदेश नं २ सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमार्फत जाडो प्रभावितका लागि योजना बनाउन तयारी थालेको हो । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले भन्नुभयो, ‘‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी सुरु गरेका छौं, केही दिनभित्रै वितरण गर्नेछौं ।”

यसवर्ष चिसोका कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणसँगै अन्य अति आवश्यक कुरा मिलाइरहेको मन्त्री साहको भनाइ छ । ‘‘शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौं”, उहाँले भन्नुभयो, ‘‘चिसोबाट जोगिन आवश्यकपर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।”

शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको उहाँले बताउनुभयो । विगतमा जाडो बढेपछि चोक–चोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको छ र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहको भनाइ छ ।

बर्षेनी चिसोबाट प्रदेश नं २ मा करिब १५ प्रतिशत नागरिक प्रभाबित हुने गरेको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । ‘‘प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसङ्ख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभाबित हुने गरेका छन्”, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले भन्नुभयो, ‘‘अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ्याउने न्यानो लुगा हुँदैन्, त्यसैले चिसोबाट कतिपयले ज्यान समेत गुमाउने गर्छन् ।”

हरेक वर्ष हुने शितलहर र चिसोका कारण अनाहकमा सर्वसाधारणहरु ज्यान गुमाउने गरेका छन् । पछिल्ला चार वर्षमा चिसोका कारण प्रदेश नं २ मा ७४ जनाको मृत्यु भइसकेको छ । गत वर्ष मात्रै चिसोका कारण प्रदेश नं २ मा १० जनाको मृत्यु भएको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।आर्थिक वर्ष २०७४÷७५ देखि २०७७÷७८ सम्म रौतहटमा सबैभन्दा बढी ३२ जनाको मृत्यु भएको छ भने सप्तरीमा १८, सिरहामा सात, पर्सामा ६, धनुषामा चार, महोत्तरी र सर्लाहीमा तीन–तीन तथा बारामा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group