ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी विभाजनपछि पहिलोपटक एउटै मञ्चमा देखिए ओली, दाहाल र नेपाल


एबीसी / संवाददाता

काठमाडौं । राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ ।

पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै मञ्चमा देखिएका छन् । खासगरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विभाजन र त्यसपछि नेकपा ९एमाले०को विभाजनपछि कम्युनिष्ट पार्टीका नेताबीच मनोमालिन्य बढेको छ । पार्टी विभाजनपछि नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले एकअर्कालाई आलोचना गर्दै आएका छन् । केही दिनअघि मात्र चितवनमा सम्पन्न एमालेको १०आँैँ महाधिवेशनमा पनि अध्यक्ष नेपाललाई बोलाइएको थिएन भने अध्यक्ष दाहाल जानु भएन ।

एउटै मञ्चमा रहनु त परै जाओस् एक अर्काप्रति गालीगलौज र लान्छना लगाउन उद्दत नेतालाई एउटै मञ्चमा रहने सुवर्ण अवसर कांग्रेसले जुटाइदिएको भन्न सकिन्छ । सङ्घीय संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको कदमपछि पार्टीभित्र गम्भीर मतभेदका कारण तत्कालीन नेकपा भित्र पुष्पकमल दाहाल र माधवकुमार नेपालले सडक आन्दोलनमा उत्रनुभएको थियो । सर्वोच्च अदालतले सदन पुनःस्थापनको निर्णय सुनाएपछि बेग्लावेग्लै पार्टीका अध्यक्ष बन्न पुगेका नेताहरू यसबीचमा एक अर्कालाई खुइल्याउन नै व्यस्त रहेका कारण एउटै मञ्चमा रहने बस्ने अवसर मिलेको थिएन । कांग्रेसका यस महाधिवेशनले ती बामपन्थी नेतालाई एउटै मञ्चमा रहने अवसर जुटाएको छ । कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा ती तीनै जना नेता एकसाथ मञ्चमा देखिँदा धेरैले चासोका साथ हेरेका थिए ।

यसैगरी मञ्चमा पछिल्लो पटक विभाजन भएको जनता समाजवादी पार्टी नेपालका नेताहरू पनि एकै मञ्चमा देखिनुभएको छ । जसपा नेपालबाट विभाजित भएर बनेको दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि एकै मञ्चमा देखिँदा सहभागीले चासोका साथ हेरेका थिए । संयोग भन्नुपर्छ कांग्रेस महाधिवेशन उद्घाटनको दिन अन्तर्राष्ट्रिय मानवाधिकार दिवससमेत परेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com