ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी विभाजनपछि पहिलोपटक एउटै मञ्चमा देखिए ओली, दाहाल र नेपाल


एबीसी / संवाददाता
मंसिर २४, २०७८ शुक्रबार  ५ : १६ बजे

काठमाडौं । राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ ।

पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै मञ्चमा देखिएका छन् । खासगरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विभाजन र त्यसपछि नेकपा ९एमाले०को विभाजनपछि कम्युनिष्ट पार्टीका नेताबीच मनोमालिन्य बढेको छ । पार्टी विभाजनपछि नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले एकअर्कालाई आलोचना गर्दै आएका छन् । केही दिनअघि मात्र चितवनमा सम्पन्न एमालेको १०आँैँ महाधिवेशनमा पनि अध्यक्ष नेपाललाई बोलाइएको थिएन भने अध्यक्ष दाहाल जानु भएन ।

एउटै मञ्चमा रहनु त परै जाओस् एक अर्काप्रति गालीगलौज र लान्छना लगाउन उद्दत नेतालाई एउटै मञ्चमा रहने सुवर्ण अवसर कांग्रेसले जुटाइदिएको भन्न सकिन्छ । सङ्घीय संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको कदमपछि पार्टीभित्र गम्भीर मतभेदका कारण तत्कालीन नेकपा भित्र पुष्पकमल दाहाल र माधवकुमार नेपालले सडक आन्दोलनमा उत्रनुभएको थियो । सर्वोच्च अदालतले सदन पुनःस्थापनको निर्णय सुनाएपछि बेग्लावेग्लै पार्टीका अध्यक्ष बन्न पुगेका नेताहरू यसबीचमा एक अर्कालाई खुइल्याउन नै व्यस्त रहेका कारण एउटै मञ्चमा रहने बस्ने अवसर मिलेको थिएन । कांग्रेसका यस महाधिवेशनले ती बामपन्थी नेतालाई एउटै मञ्चमा रहने अवसर जुटाएको छ । कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा ती तीनै जना नेता एकसाथ मञ्चमा देखिँदा धेरैले चासोका साथ हेरेका थिए ।

यसैगरी मञ्चमा पछिल्लो पटक विभाजन भएको जनता समाजवादी पार्टी नेपालका नेताहरू पनि एकै मञ्चमा देखिनुभएको छ । जसपा नेपालबाट विभाजित भएर बनेको दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि एकै मञ्चमा देखिँदा सहभागीले चासोका साथ हेरेका थिए । संयोग भन्नुपर्छ कांग्रेस महाधिवेशन उद्घाटनको दिन अन्तर्राष्ट्रिय मानवाधिकार दिवससमेत परेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com