ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसभित्र आम एकताको खाँचो छ – नेता सिटौला


एबीसी / संवाददाता
मंसिर २३, २०७८ बिहीबार  ६ : ०३ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताउनुभएको छ । आज यहाँ आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई ईमान्दारिताको वाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताउनुभएको हो ।

“पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति केन्द्रीत होइन पार्टी केन्द्रीत गराएर अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । राजनीति आफ्ना लागि होइन जनताका लागि हो भन्ने विश्वास दिलाउनुपर्ने उहाँको भनाइ थियो ।नेता सिटौलाले आफूसँग जोडिएका व्यक्तिलाई १४औँ महाधिवेशनमा स्थापित गराएर छाड्ने बताउनुभएको छ । “अभाव, सङ्कट र दुःखमा साथ दिने साथीहरुका लागि उचित सम्मानका लागि मैले पहल गर्नेछु”, उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले पार्टीभित्रका गलत प्रवृत्तिको अन्त्य गर्दै पार्टीलाई थप बलियो र मजबुद बनाउनका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागाईँलगायतले समयसापेक्ष विचार अगाडि बढाउन सकेमात्र कांग्रेस अगाडि बढ्न सक्ने बताउनुभयो । उहाँहरुले पार्टीको १४औँ महाधिवेशनमा पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो । प्रदेश १ का नवनिर्वाचित सभापति उद्धव थापाले पार्टीको १४औँ महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com