काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट २ सय ५५ र एन्टिजेन परीक्षणबाट २५ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ९ हजार १ सय ६८ पीसीआर र ३ हजार ६ एन्टिजेन परिक्षण गरिएको थियो ।
यसैगरी विगत २४ घण्टामा ३ सय ६६ जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा २ जनाको निधन भएको छ । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ४६ जना छन् । जसमा काठमाडौंमा १ सय जना, ललितपुरमा ३१ जना र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ६ हजार २ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्