काठमाडौं । नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।
आज पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाउनुभयो । उहा“ले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताउनुभयो ।कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारीसाधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताउनुभयो ।
उहाँले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताउनुभयो । आफ्नो भूमिका निर्वाह गर्न नसक्ने र विवादास्पद छवि बनाइसकेको मानिस विश्वमा कतै पनि प्रधानन्यायाधीश नभएको स्मरण गराउ“दै उहा“ले सरकारी सुविधा र सुरक्षा खोस्न आग्रह गर्नुभयो ।वरिष्ठ अधिवक्ता उप्रेतीले पदीय आचरण अनुसार काम गर्न नसकेको भन्दै प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन दवाव दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्