ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जो मलामीलाई सधैँ निःशुल्क दाउरा वितरण गर्नुहुन्छ’


एबीसी / संवाददाता

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाका पवन सिंहलाई व्यवसायी एवं व्यापारी मात्रै भने त्यो अपूरो हुन्छ । दाहसंस्कारका लागि प्रायः सबैतिर दाउराको समस्या हुन्छ । उहाँले सो सामाजिक उत्तरदायित्वको भावना बोध गरेर मलामीलाई निःशुल्क रुपमा दाउरा वितरण गर्दै आउनुभएको छ ।

कञ्चनपुरमा मात्र होइन् उहाँले भूकम्पका बेला दाहसंस्कारका लागि दाउरा काठमाडाँैसमेत पठाउनुभयो । यस्तै कोरोना कहरमा मृत्यु भएकाको शव व्यवस्थापनका लागि समेत सिंहले निःशुल्क दाउरा उपलब्ध गराउनुभयो । कञ्चनपुरमा शव व्यवस्थापनका लागि दाउरा माग्न आउने जोकोहीलाई पनि सिंहले खाली हात फर्काउनुहन्न् । शव व्यवस्थापन गर्न समस्या भएका सबैलाई काष्ठ व्यवसायी सिंहले दाउरा उपलब्ध गराउँदै आउनुभएको छ ।

सुडामा रितुल सःमिल सञ्चालन गर्दैआउनु भएका सिंहले डेढ दशकदेखि मलामीलाई निःशुल्क दाउरा वितरण गर्दै आएको बताउनुभयो । “भूकम्पका बेला रु ६० हजार ट्रकको भाडा तिरेर शव व्यवस्थापन गर्न काठमाडौँ दाउरा पठाएको थिएँ”, उहाँले भन्नुभयो, “कोभिड–१९ मा कञ्चनपुरमा एकै दिन दश जनाले ज्यान गुमाउँदा पनि मैले सबैलाई आवश्यक पर्ने गरी दाउरा दिएँ ।” विशुद्ध सामाजिक भावनाका साथ सो दाउरा उपलब्ध गराउने गरेको सिंह बताउनुहुन्छ । “मलामी आए दाउराका लागि मेरोमा कुनै रोकटोक छैन्”, उहाँले भन्नुभयो ।

राज्यले शव जलाउन दाउराको व्यवस्थापन गर्न नसकिरहेका बेला एक व्यवसायीले गरेको समाजसेवाको कदर गरिनुपर्ने महेन्द्रनगरका स्थानीयवासी भोजराज बोहरा बताउनुहुन्छ । “महाकाली घाटमा आउने मलामीलाई दाउरा उपलब्ध गराएर सिंहले समाजलाई ठूलो गुन लगाएका छन्”, उहाँले भन्नुभयो, “निःस्वार्थ भावले लाखौं रुपैयाँको दाउरा प्रदान गर्नु पुण्य काम पनि हो ।”

“महेन्द्रनगर बजार र त्यस आसपासका क्षेत्रमा सामुदायिक वन नहुँदा शव व्यवस्थापन गर्न दाउरा किन्नुपर्ने हुन्छ”, महेन्द्रनगरका देवराज जोशीले भन्नुभयो, “सबैैजसोलाई सिंहले दाउरा उपलब्ध गराउँदै आउनुभएको छ ।” सेनाले शव व्यवस्थापन गर्ने क्रममा पनि सिंहले नै दाउरा उपलब्ध गराउनुभयो । “आपतविपत्का बेला सिंह नै काम लाग्नुहुन्छ”, जोशीले भन्नुभयो । समाजसेवामा सधँै अग्रसर रहने सिंहले पछिल्लो समय राजनीतिमासमेत सक्रियता बढाउनुभएको छ । हालै सम्पन्न नेपाली कांग्रेस कञ्चनपुरको अधिवेशनबाट सिंह जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित हुनभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com