काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सञ्चारकर्मीहरूस“गको कुराकानीमा देउवाले कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दुःख नदिने बताउनुभयो । उहा“ले अहिले कोरोना भाइरसको नया“ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा कांग्रेस नभएको स्पष्ट पार्नुभयो ।
उह“ाले पार्टी सभापतिमा फेरि पनि आफ्नो दाबी रहने स्पष्ट पार्नुभयो । कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हु“दैछ । सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन राष्ट्रियसभा चुनावसम्मका लागि भएको बताउनुभयो । त्यसपछि गठबन्धनले निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा छलफल गर्न बा“की रहेको उहा“को भनाइ थियो । राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० गते सकि“दैछ । तीमध्ये १९ जनाका लागि आगामी माघ १२ गते निर्वाचन हु“दैछ । एक जना सदस्य चाहिं राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्