ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशमा पहिलो पटक अधिवेशन गर्दै कांग्रेस, को–को छन् सभापतिका आकांक्षी ?


एबीसी / संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा पार्टीभित्रका तीनै समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।
मुलुकमा संघीयता लागू भएपछि नेपाली कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । प्रदेश कार्यसमितिको नेतृत्वका लागि मुख्यतया संस्थापनको नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह प्रतिष्पर्धामा छ । यद्यपि १३ औं महाधिवेशनबाट कांग्रेसमा ‘तेस्रो धार’ का रुपमा देखिएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह पनि प्रदेश कार्यसमितिको नेतृत्व लिन प्रयासरत छ ।

प्रदेश कार्यसमितिको नेतृत्वका लागि यो समूहले नेता सिटौलाको गृह प्रदेश १ मा संस्थापनस“ग तालमेल गरेको छ । सिटौला समूहले प्रदेश १ मा संस्थापन समूहस“गको तालमेलमा झापाका निवर्तमान अध्यक्ष उद्धव थापालाई सभापतिका रुपमा अघि सारेको छ । प्रदेश १ मा थापास“ग चुनावी प्रतिस्पर्धाका लागि पौडेल समूहले केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई मैदानमा उतारेको छ । संस्थापन समूहस“ग प्रदेश १ मा सिटौला समूहले तालमेल गरे पनि बागमतीमा भने तीनवटै समूह प्रतिष्पर्धामा उत्रिएका छन् । बागमती प्रदेश सभापतिका लागि संस्थापन समूहले पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानिया“, पौडेल समूहले नुवाकोटका निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी र सिटौला समूहले पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानलाई अघि सारेको छ । गण्डकीमा संस्थापनले अर्जुनप्रसाद जोशीलाई र पौडेल समूहले शुक्रराज शर्मालाई उम्मेदवार बनाएको छ । यस्तै लुम्बिनी प्रदेशमा संस्थापन पक्षीय भरत शाह र पौडेल पक्षीय अमरसिंह पुन प्रतिष्पर्धामा छन ्।

कर्णाली सभापतिका लागि पौडेल समूहले युवा नेता भुपेन्द्रजंग शाहीलाई अघि सारेको छ । त्यहा“ संस्थापन समूहबाट ललितजंग शाही अघि सरेका छन् । सुदूरपश्चिम प्रदेशमा संस्थापनबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर सभापतिमा प्रस्ताव गरिएको छ । सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा पौडेल समूहस“ग सहमति हुने भनिए पनि त्यो सम्भव भएन । पौडेल समूहले भने नाम टुंग्याउन बा“की छ । सर्लाहीमा विवाद देखिएपछि प्रदेश २ मा भने अधिवेशन प्रभावित भएको छ । प्रदेश २ मा विवादका कारण शुक्रबार मनोनयन रोकिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सर्लाहीमा शुक्रबार प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सकेर शनिबार मनोनयन दर्ता कार्यतालिका निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com