काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट २ सय २३ जना र एन्टिजेन परीक्षणबाट २३ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ६ हजार ४ सय पीसीआर र १ हजार ४ सय ३६ एन्टिजेन परिक्षण गरिएको थियो । यसैगरी विगत २४ घण्टामा ३ सय ४७ जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा कसैको पनि निधन भएको छैन ।
संक्रमणको दोस्रो लहर शुरु भएयताका झण्डै ४ महिनामा आज मृत्यु संख्या शून्य भएको हो । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ९३ जना छन् । जसमा काठमाडौंमा ५५ जना, ललितपुरमा २९ जना र भक्तपुरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ६ हजार ९ सय २१ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्