काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको बताईएको छ । उनका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए ।
प्रतिक्रिया दिनुहोस्